भेडिखर्के स्मृति प्रतिष्ठान गठन, उनको संझनामा शालिक निर्माण गरिने

भेडिखर्के स्मृति प्रतिष्ठान गठन, उनको संझनामा शालिक निर्माण गरिने


लोपोन्मुख ठाडोभाकाका स्वरसर्माट स्व. भेडिखर्के साइँला अर्थात दीर्घराज अधिकारी को सम्झनामा स्मृति प्रतिष्ठान गठन गरिएको छ ।

साइँलाको सम्झनाको साथै ठाडोभाका संरक्षण र विभिन्न सांस्कृति तथा साहित्यिक विषयमा काम गर्नेगरी भेडिखर्के साइँला स्मृति प्रतिष्ठान तदर्थ समिति गठन गरिएको हो ।

सदरमुकाम बेसीशहरमा भएको एक भेलाले साइँलाका ज्वाँई शम्सेर लौडारीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा आनन्द घिमिरे, सचिवमा सूर्यबहादुर केसी, कोषाध्यक्षमा राजेश थापा रहेका छन् ।

यस्तै सदस्यहरुमा देवीबहादुर गुरुङ, भिमबहादुर दुरा, रामबाबु श्रेष्ठ, बुद्धीमान दुरा (धम्पु), विष्णुभक्त अधिकारी, उत्तम गुरुङ, नवीनराज कुइँकेल, नवीनचन्द्र घिमिरे, परमेश्वर अधिकारी, थकित यात्री, कमला केसी, ज्ञानेन्द्र शर्मा र अर्जुन परियार रहेका छन् ।

समितिको छिट्टै भेला आयोजना गरि विधान बनाएर दर्ता अघि बढाउने बताइएको छ । प्रतिष्ठानले विशेष कोष स्थापना गरी सुन्दरबजारमा भेडिखर्के साइँलाको शालिक स्थापना गर्ने, ठाडोभाका संरक्षण, नवप्रतिभाको उजागर गर्ने, मौलिक संस्कृतिको संरक्षणको साथै विविध सांस्कृतिक तथा साहित्यिक गतिविधिहरु सञ्चालन गर्ने सदस्य परमेश्वर अधिकारीले जानकारी दिए ।

नागरिकस्तरबाट ठाडोभाका सम्राट-शिरोमणी उपाधी पाएका भेडिखर्के साइँलाको ८४ बर्षको उमेरमा भदौ २६ गते निधन भएको थियो ।