आजदेखि दोस्रो बेसीशहर महोत्सव शुरु, मूख्य आकर्षण मस्र्याङ्दी नदिमा र्‍याफ्टिङ

आजदेखि दोस्रो बेसीशहर महोत्सव शुरु, मूख्य आकर्षण मस्र्याङ्दी नदिमा र्‍याफ्टिङ


सदरमुकाम बेसीशहरमा आजबाट दोस्रो बेसीशहर महोत्सव शुरु हुदैछ । १० दिनसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकालको प्रमूख अतिथ्यतामा महोत्सव उदघाटन हुने आयोजकले जनाएको छ । उद्घाटन अघि विभिन्न समूदायको झााकी र्‍यालीबाट बेसीशहर बजार परिक्रमा गरिने पनि संयोजक प्रदिप बस्नेतले जानकारी दिए ।

महोत्सवको आर्कषणको रुपमा लमजुङको मस्र्याङ्दी नदिमा र्‍याफटिङ गरिने भएको छ । निकै संभावनाको रुपमा रहेको र्‍याफटिङ व्यवसायलाई दिगो रुपमा व्यवस्थापन गर्ने लक्ष्य रहेकाले पनि महोत्सवमा यसको व्यवस्था गरिएको आयोजक लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाईका कोषाध्यक्ष विपिन श्रेष्ठले जानकारी दिए ।

यो सागै महोत्सवमा बिशेष रुपमा पर्यटकीय गााउहरुको वुकलेट प्रदर्शनी, घरेलु तथा कृषि प्रदर्शनी, ग्रामिण पर्यटकीय गााउहरुको प्याकेज विक्रि, कृषि, हस्ताकला र घरेलु उत्पादनको प्रदर्शनी तथा प्रतियोगतिा, व्यवस्थित व्यवसाय संचालन तथा विद्यमान कर प्रणाली व्यवस्थापनमा लमजुङ उद्योग वाणिज्य संघ र स्थानीय प्रशासनको भूमिका विषय कार्यशाला गोष्ठी, साइवर क्राइम सम्बन्धी गोष्ठी, फोटो तथा चित्रकला प्रदर्शनी लगायतका कार्यक्रमहरु संचालन गरिने भएको छ ।

परम्परागत खाना उत्सव सागै सरकारी तथा गैर सरकारी निकायको गतिविधि प्रदर्शनी र दैनिक चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत हुने छ । टिकट विक्रीबाट उठेको रकममध्ये दैवि प्रकोप उद्धार कोष, सर्वोद्धय जेष्ठ नागरिक आश्रम, मानव सेवा आश्रम र आर्दश महिला तथा वाल गृहमा आश्रित वालवालिकाका लागि प्रति टिकटबाट ५०र५० पैसा छुटाएको छ भने बेसीशहरमा जडित सिसि टिभि क्यामेराका लागि मर्मत संभार कोषको लागि ५ लाख रुपैया छुट्टाइएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए ।

लमजुङ उद्योग बाणिज्य संघ बेसीशहर इकाइ समितिले ‘हाम्रो नगर, राम्रो शहर, स्वच्छ, सुन्दर र सफा बेसीशहर’ भन्ने नाराका साथ आयोजना गरेको महोत्सव माघ २९ देखि फागुन ८ गतेसम्म संचालन हुने छ । २०० वटा स्टल रहने महोत्सवको डेढ लाख दर्शकले अवोलकन गर्ने अपेक्षा आयोजकले राखेको छ ।