रुसी विमान दुर्घटना, ७१ को मृत्यु-आशंका

रुसी विमान दुर्घटना, ७१ को मृत्यु-आशंका


रुसको राजधानी मस्कोमा आज एक विमान दुर्घटनाग्रस्त भएको छ । एजेन्सीहरुले जनाएअनुसार सराटोव एयरलाइन्सको विमान मस्को क्षेत्रमै दुर्घटनामा परेको र त्यसमा सवार ७१ यात्रीकै मृत्यु भएको आशंका गरिएको छ ।

बताइएअनुसार विमानमा सवारमध्ये ६५ जना यात्री थिए भने ६ जना चालक दलका सदस्य हुन् । उक्त विमान दोमोदेदोवो एयरपोर्टबाट उडेको केहीबेरमै आकाशमा क्र्यास भएको थियो । दुर्घटनाको कारण एकीन भएको छैन ।