चार देशले श्रम काउन्सिलर, सहचारी पाउँदै

चार देशले श्रम काउन्सिलर, सहचारी पाउँदै


सरकारले चार देशमा श्रम काउन्सिलर, सहचारी नियुक्त गर्ने तयारी गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले खाडीका चार देशमा श्रम काउन्सिलर र सहचारीका लागि आवेदन माग गरेको हो ।

नेपाली राजदूतावास संयुक्त अरब इमिरेट्स (युयई) र साउदी अरबका लागि उपसचिवसरहको श्रम काउन्सिलर र नेपाली राजदूतावास कतार र बहराइनका लागि अधिकृतस्तरको श्रम सहचारीका लागि आवेदन माग गरेको मन्त्रालयले जनाएको छ ।

श्रम काउन्सिलर तथा श्रम सहचारीसम्बन्धी कार्यविधि २०७३ अनुसार श्रम तथा रोजगार मन्त्रालय वा मन्त्रालयअन्तर्गतका विभाग र निकायमा कम्तीमा एक वर्षदेखि काम गरेको तथा निजामती सेवामा अधिृकतस्तरको कर्मचारीका रुपमा सेवा प्रवेश गरेको अवधि कम्तीमा तीन वर्ष पुगेकाले आवेदन दिन सक्नेछन् । मन्त्रालयले इच्छुक उम्मेदवारले ३५ दिनभित्र निवेदन दिन आह्रवान गरेको छ ।

यसैबीच श्रम काउन्सिलरको प्रतीक्षा सूचीमा रहेका मन्त्रालयका उपसचिव शिवराम पोखरेललाई कतारको श्रम काउन्सिलर र मलेसियाको श्रम सहचारीमा शाखा अधिकृत सनमाया रम्तेल नियुक्त भएका छन् ।

भदौमा लिइएको काउन्सिलर र सहचारीको परीक्षामा प्रतीक्षा सूचीमा रहेका उनीहरु एक वर्षभित्र कुनै देशमा काउन्सिलर र सहचारीको पद रिक्त भएमा स्वतः नियुक्ति पाउने कार्यविधिअनुरुप नियुक्ति पाएको मन्त्रालयले स्रोत बताउछ ।