अझै ४० प्रतिशत जनता विद्युतको पहुँच बाहिर

अझै ४० प्रतिशत जनता विद्युतको पहुँच बाहिर


४० प्रतिशत जनता अझै विद्युतको पहुँच बाहिर रहेको पाइएको छ । ऊर्जामन्त्री कमल थापाका अनुशार अझै मुलुकमा ४० प्रतिशत जनता विद्युतको पहुँच भन्दा बाहिर रहेका हुन् ।

आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पु-याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको बताउँदै कञ्चनपुरको एक कार्यक्रममा उनले थपे,‘आगामी १० वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको तयारी छ, कोही अन्धकारमा बस्नु नपर्ने गरी काम अघि बढेको छ ।’

ऊर्जामन्त्री थापाले प्रदेश नंं ७ मा जलविद्युतको अथाह सम्भावना रहेको जानकारी दिए । ‘नौ महिनाभित्र अपर तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुँदैछ ।’

थापाले भने,‘ शनिबार उदटन गरिएको चमेलिया जलविद्युत् आयोजना प्रदेश नं ७ मा अहिलेसम्मको ठूलो आयोजना हो । यसले पनि उर्जा संकट निवारणमा ठूलो सहयोग गर्नेछ ।’