ठूला आयोजनाकै नाफा घट्दो

ठूला आयोजनाकै नाफा घट्दो


पछिल्लो समय जलविद्युत् क्षेत्रमा ठूला आयोजनाकै नाफा घट्दो क्रममा रहेको पाइएको छ । हालै चिलिमे हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको छ महिनाको सार्वजनिक गरेको वित्तीय विवरण हेर्दा उनीहरुको नाफा गत वर्षको तुलानामा घटेको छ ।

जसमा चिलिमे हाइड्रोपावरको नाफा चार प्रतिशतले घटेको छ । कम्पनीले चालु वर्षको छ महिनामा ५२ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले छ महिनामा विद्युत बिक्रीबाट ६३ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यही अवधिमा ६५ करोड ४२ लाख रुपैयाँ थियो ।

कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९६ करोड रुपैयाँ छ भने जगेडा कोषमा चार अर्ब ५६ करोड रुपैयाँ जम्मा भएको छ । यता, अरुण भ्याली हाइड्रोपावर कम्पनीले छ महिनामा एक करोड ७२ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यही अवधिमा भने २ करोड ६८ लाख रुपैयाँ थियो ।

कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ भने गत वर्षको यहि अवधिमा २ करोड ८४ लाख रुपैयाँ थियो । कम्पनीको चुक्ता पूँजी ९३ करोड ३० लाख रुपैयाँ छ भने जगेडा कोषमा २ करोड १४ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै प्रतिशेयर आम्दानी ३ रुपैयाँ छ ।