राहत रकममाथि कर्मचारीको र्‍याल





मुटुरोगको उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले पुर्‍याएको योगदान प्रशंसनीय छ । देशका विभिन्न भागबाट मुटुरोगको उपचारको निम्ति यस अस्पताल पुग्छन् । तर, यस्तो ख्याति कमाएको अस्पतालमा पनि बिरामीहरूमाथि चरम शोषण हुने गरेको तथ्य फेला पर्नु आफैंमा दु:खदायी विषय हो । हो, यो कुनै आरोप नभएर यथार्थ नै हो ।
डाक्टर तथा नर्सहरूको सेवा स्तरीय रहेको भए पनि उक्त केन्द्रका प्रशासनिक कर्मचारीहरूबाट भने बिरामी र बिरामीका आफन्तहरू आक्रान्त बन्ने गरेका छन् । हुनेखानेका लागि केन्द्रमा उपचार गराउन कुनै कठिनाइ नभए पनि गरिब र असहायका लागि भने ज्यादै कष्टकर रहेको छ । आर्थिक अवस्था कमजोर भएका रोगीहरूलाई नेपाल सरकारले आर्थिक सहायतासम्बन्धी मापदण्ड ०६५ बमोजिम गठित सिफारिस समितिको सिफारिसअनुसार मुटुरोगीले पचास हजारसम्मको उपचार खर्च नि:शुल्क पाउने व्यवस्था छ । त्यसअनुसार गरिब, असहाय र आर्थिक रूपमा विपन्न मुटुरोगीहरूले बल्लबल्ल ल्याउन सफल भएको सिफारिसपत्र रमाउ“दै अब त उपचार पाइने भयो भन्दै अस्पताल पुगेपछि अस्पतालका लेखा शाखा र लेखाप्रमुखको व्यवहारबाट दु:खित भएर र्फकने गरेका छन् । अस्पतालका लेखाप्रमुखले आफन्त र पहु“चवालाबाहेक अन्य सर्वसाधारण बिरामीले ल्याएको सिफारिसपत्र रद्दीको टोकरीमा फालिदिने, यस सिफारिसपत्रको कुनै औचित्य छैन भन्दै बिरामी र बिरामीका आफन्तहरूलाई हप्काएर पठाइदिने गरेका छन्, यसको भुक्तभोगी भएर यो पत्र लेख्न पङ्क्तिकार विवश भएको हो ।
पङ्क्तिकारजस्तै आर्थिक सहयोगको सिफारिसपत्र बोक्दै हि“डेका अर्का एक पीडितका आफन्तले आफूले यहा“ बिरामीलाई उपचार गर्न ल्याएको हप्तौ“ भएको बताउ“दै बिरामीको उपचार भएर डिस्चार्ज हुने बेला भइसक्यो, सिफारिसपत्र लिएर दौडेको छु, कहिले कहा“ जाऊ भन्छन् कहिले कहा“, बल्लबल्ल पत्ता लगाएर लेखाप्रमुखलाई भेट्न समय मागे“, दिनभरि कुर्दा पनि भेट गर्न दिनुभएन । सरासर भेट्न जान पाइ“दैन, ढोकामा बसेका पालेहरूलाई भन्नुपर्छ, उहा“ले पटक-पटक खबर गरेपछि बल्ल भेट्न पाइयो, तर लेखाप्रमुखले त श्री ३ को रूप निकाल्दै कुरै नबुझी हप्काउनुभयो भन्ने गुनासो गरे । केही राहतको आशा लिएर पुगेको त उहा“का कारण झन्डै आफै“लाई हृदयाघात नभएको भन्दै उनले थपे- म व्यक्तिगत रूपमा त्यहा“का लेखाप्रमुखस“ग सहयोग माग्न गएको पनि होइन, मैले त सरकारले हामीजस्ता असहायहरूलाई उपलब्ध गराएको सुविधा लिन मात्र गएको थिए“, यस केन्द्रका डाक्टर, नर्स, पालेहरू सबैको व्यवहार एकदम राम्रो छ तर प्रशासनमा बसेका कर्मचारी त राणाशासनका जस्तै रहेछन् ।
– किरणक्रान्ति श्रेष्ठ, हाल : काठमाडौं
मन्त्री मीनेन्द्रलाई साधुवाद
हिन्दू धर्मावलम्बीहरूको अत्यन्त पवित्रस्थल आराध्यदेव पशुपतिनाथ क्षेत्रको श्लेष्मान्तक वनलाई चिहान बनाउन रोक लगाएर वर्तमान सरकारले अत्यन्त सकारात्मक र सराहनीय काम गरेको छ । यसका लागि कामचलाउ सरकार र विशेषगरी संस्कृतिमन्त्री मीनेन्द्र रिजाल बधाई र साधुवादका पात्र बन्नुभएको छ । कमसेकम आफू जिम्मेवारीमा रहेसम्म क्रिश्चियनहरूलाई सो स्थानमा लास गाड्न नदिने अडान लिएर ठूलो पुण्यकर्म गर्नुभएको छ ।
वास्तवमा क्रिश्चियन धर्मावलम्बीहरूलाई तिनको संस्कार नै पालना गर्न नदिने त भनेको होइन, केवल अर्को धर्म मान्नेहरूको आस्थामा ठेस नपुर्‍याइदिनु भनेको हो सरकारले । तर, किन यो सदासयी निर्णयप्रति विरोध जनाउने र आन्दोलन गर्ने काम भएको छ – के यहा“ साम्प्रदायिक दङ्गा नै भड्काउन खोजिएको त होइन – यसो हो भने हिन्दूहरूले आफ्नो संस्कार, आस्था, विश्वास, परम्परा र मूल्यमान्यताको रक्षार्थ शिरमा कफन बा“ध्नसमेत अब तत्पर हुनैपर्ने अवस्था आएको छ । सरकार यस्ता कथित आन्दोलनबाट नतर्सियोस्, भावी सरकारले पनि वर्तमान सरकार तथा मन्त्रीले लिएको अडानलाई कायम राखोस् भन्ने सुझाव दिन चाहन्छौ“ । मन्त्री मीनेन्द्रलाई फेरि एकपटक साधुवाद ।
– धर्मनाथ बजगाईं, योगहरि पाण्डे, शिवशरण प्रधान र विष्णुलक्ष्मी पौडेल, काठमाडौं

प्रतिक्रिया