फिल्म निर्माणमा कीर्तिमान, आयआर्जनमा भुक्तमान !

फिल्म निर्माणमा कीर्तिमान, आयआर्जनमा भुक्तमान !


विश्वमा सबैभन्दा बढी फिल्म निर्माण गर्ने कीर्तिमान भारतको नाममा छ । भारतले विभिन्न २० भाषामा प्रत्येक वर्ष १५ सयदेखि २ हजारवटासम्म फिल्म बनाउँछ । यति धेरै फिल्म बनाउने भारतको वार्षिक आय पनि कीर्तिमानी नै होला भन्ने अनुमान सोझै लगाउन सकिन्छ । तर, यति धेरै फिल्म निर्माण गरेर पनि तुलनात्मक हिसाले भारत विश्वका अन्य देशभन्दा आयको सूचीमा निकै तल छ । प्रत्येक वर्ष भारतको भन्दा आधा सङ्ख्यामा फिल्म निर्माण गर्ने देशहरूले आयको हिसाबले भारतलार्ई निकै पछि छोडेका छन् ।

प्रत्येक वर्ष लगभग १५ सयदेखि २ हजारसम्म फिल्म निर्माण गर्ने भारतीय फिल्म इन्डस्ट्रीको वार्षिक आय २.१ अर्ब अमेरिकी डलर अर्थात् १३ हजार ८ सय करोड भारतीय रुपैयाँ छ । जब कि वार्षिक रूपमा ७ सय फिल्म निर्माण गर्ने अमेरिका र क्यानडा आयको हिसाबमा भारतभन्दा निकै माथि छन् । ती देशले भारतको भन्दा आधा फिल्म निर्माण गरेर पनि आयको हिसाबले भारतलार्ई निकै पछि छोडेका छन् । आर्थिक रिपोर्टको तथ्य हेर्ने हो भने अमेरिका र क्यानडाका फिल्म इन्डस्ट्रीले वार्षिक ११ अर्ब डलर कमाउने जनाएको छ । जो आयको हिसाबको भारतको भन्दा दश गुणा बढी हो ।

भारतीय फिल्म इन्डस्ट्रीको वार्षिक आयमा प्रत्येक वर्ष ११.५ प्रतिशतका दरले वृद्धि भइरहेको छ । यदि यही गतिले आयमा वृद्धि भए पनि सन् २०२० सम्म भारतको आय ३.७ विलियन डलर पुग्ने देखिन्छ । बढी फिल्म निर्माण गरेर पनि भारतको आयमा कमी आउनुको कारण विभिन्न छन् । जसमा विभिन्न भाषामा फिल्म निर्माण हुनुलार्ई पहिलो स्थानमा राखिएको छ । त्यस्तै, अर्को महत्वपूर्ण कुरा भारतीय फिल्म उद्योगले विभिन्न चुनौतीको सामना गर्नुपरेको कुरालार्ई प्राथमिकतामा राखिएको छ । फिल्म निर्माण गर्दा झेल्नुपर्ने विभिन्न चुनौती, जस्तै लाइसेन्स र प्रमाणित प्रमाणपत्र महत्वपूर्ण रहेका छन्, जुन निकै जटिल र झन्झटिला छन् ।

त्यस्तै कुनै विदेशी फिल्म भारतमा सुटिङ गर्दा त्यसका लागि निकै समय अगाडिदेखि सम्बन्धित निकायसँग स्वीकृति लिनुपर्छ । फिल्म वितरण या दर्शकसमक्ष पु¥याउन पनि त्यत्तिकै चुनौतीको सामना गर्नुपर्छ । जसले फिल्म व्यवसायको आयमा प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको छ । यसबारे भारतीय फिल्म इन्डस्ट्रीले केन्द्रीय सरकारलार्ई सहजताका लागि जानकारी गराउँदै आए पनि त्यसमा सोचेअनुरूप फलदायी हुन नसकेको बताइन्छ ।

अहिले भारतमा ९६ हजार ३०० नागरिकमा एउटा स्क्रिन छ भने अमेरिका एक स्क्रिनबराबर ७ हजार ८ सय नागरिक छन् । त्यस्तै, चीनमा ४५ हजार नागरिकमा एक स्क्रिन छ । थोरै स्क्रिनका कारण दर्शकहरू सिनेमा हलसम्म पुग्न नपाउने हुँदा आयमा कमी आइरहेको पनि भारतीय तथ्याङ्कले देखाएको छ । अहिले भारतमा १३ हजार स्क्रिनमा १० हजार मात्र सिङ्गल स्क्रिन छन् ।