परस्त्रीको प्रशंसा गर्दा अमानवीय यातना

परस्त्रीको प्रशंसा गर्दा अमानवीय यातना


तपाईं कसैको प्रेमी हुनुहुन्छ र प्रेमिकालाई जानकारी हुनेगरी कुनै अर्की युवतीको प्रशंसा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोस्, परी–युवतीको प्रशंसा तपाईंका लागि घातक हुन सक्छ । हालै कजाकस्तानमा घटेको एक घटनाले यसरी नै सोच्न बाध्य तुल्याएको छ ।

झाँना नूरज्हानोवा नामकी ३६ वर्षीया महिलाले आफ्ना प्रेमीको प्राइभेट पार्ट नै चक्कुले छिनालिदिएर थप शारीरिक यातना दिएकी छिन् । प्रेमीको गल्ती यति मात्र थियो कि झाँनाकी बहिनीको सामु उनले कुनै दोस्री महिलाको तारिफ गरेका थिए । बहिनीबाट उक्त जानकारी पाउनेबित्तिकै ती महिला डाहले आगो भइन् र प्रेमीलाई ‘पाठ’ सिकाउने मनस्थितिमा पुगिन् ।

युके मिररमा प्रकाशित समाचारअनुसार महिलाले प्रेमीलाई सजाय दिने खतर्नाक योजना बुनिन् र ‘सेक्स गेम’मा सहभागी हुन आमन्त्रित गरिन् । आफ्नो कोठामा बोलाएर उनले गेमको बहाना बनाई प्रेमीको हातखुट्टा स्कार्फले बाँध्नुका साथै मानिसको शरीर कमजोर तुल्याउने कुनै औषधिको दुई ट्याब्लेटसहित खुवाइन् । प्रेमीलाई औषधिले कमजोर तुल्याएपछि उनले आल्मुनियमको छडीले भकुरिन् ।

प्रेमीको हालत मरेतुल्य भयो, यही मौकामा चक्कुले ब्वाइफ्रेन्डको प्राइभेट पार्ट नै छिनालिदिइन् । पीडक महिला यतिबेला प्रहरी हिरासतमा र पीडित पुरुष अस्पतालमा छन् । यसरी अन्य महिलाको प्रशंसा गरेकै कारण प्रेमीलाई यति अमानवीय सजाय दिन सक्ने महिला संसारमा विरलै भेटिएलान् ।