तीन वर्ष भित्रै सिद्धार्थले सवा २ अर्ब नाफा पुर्‍याउने

तीन वर्ष भित्रै सिद्धार्थले सवा २ अर्ब नाफा पुर्‍याउने


सिद्धार्थ बैंकले आगामी तीनबर्षमा ४८ प्रतिशत खुद नाफा बढाउने लक्ष्य लिएको छ । बैंकले अघिल्लो आवमा एकअर्ब ४१ करोड रुपैयाँ खुदनाफा गर्न सफल भएको थियो ।

आगामी आर्थिक वर्ष ०७६–०७७ मा नाफा बढेर २ अर्ब ९ करोड ६५ लाख रुपैयाँ पुग्ने अनुमान बैंकले गरेको छ । बैंकले चालु आवमा १ अर्ब ५१ करोड २९ लाख रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको छ । आगामी १ अर्ब ७७ करोड ७३ लाख रुपैयाँ नाफा गर्ने प्रक्षेपण सार्वजनिक गरेको हो ।

३ वर्षमा बैंकको निक्षेप परिचालन बढाएर १ खर्ब ३७ अर्ब ९८ करोड रुपैयाँ पुग्ने अनुमान छ । चालु आवमा बढेर ९६ अर्ब ६३ करोड आगामी वर्ष बढेर १ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ निक्षेप परिचालन हुन सक्ने बैंकको अनुमान छ । यस्तै कर्जा लगानी पनि विस्तार भई ३ वर्षमा १ खर्ब १६ अर्ब ८७ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।