कावासोती र चनौलीमा एनसीसी बैंकको शाखा स्थापना

कावासोती र चनौलीमा एनसीसी बैंकको शाखा स्थापना


एनसीसी बैंक लि.ले नवलपरासी जिल्ला, कावासोती नगरपालिका, वडा नं. २, कावासोती र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १८, चनौलीमा एक औपचारिक कार्यक्रमका बीच आफ्नो २ वटा शाखा स्थापना गरेको छ ।

कावासोती शाखाको समुद्घाटन गर्दै एनसीसी बैंकको संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बैंकले गुनासोरहित कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैंकहरु मध्ये नमुना बैंक बनाउन आफुहरु कृयाशील रहेको भन्दै सेवाग्राहीकै सुझावको आधारमा बैंकका गतिविधि संचालन गरिने उहाँले बताउनु भयो ।

संचालक समितिका सदस्य इमानसिंह लामाको अध्यता रहेको उक्त कार्यक्रममा कावासोती नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पौडेल, उद्योग बाणिज्य संघ नवलपुरका अध्यक्ष ओमप्रकाश पौडेल र वरिष्ठ उपाध्यक्ष डासुराज पोख्रेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कावासोती शाखाको समुद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै बैंकका गतिविधिहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

त्यसैगरी चनौली शाखाको समुद्घाटन गर्दै बैंकका संचालक डा. कैलाश पतिन्द्र अमात्यले यस शाखाले चनौली क्षेत्रका जनताको आर्थिक कृयाकलापमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

भरतपुर महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल, वडा नं. २० का वडाध्यक्ष मणिलाल तामाङ्ग र वडा नं. १८ का वडाध्यक्ष दिपक लामाले चनौली बजारमा शाखा संचालन भएकोमा सफलताको शुभकामना दिएका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले चनौली क्षेत्रको समग्र आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यले यस ठाउँमा शाखा संचालनमा ल्याएको कुरा बताउनुभयो ।