‘नाइँ मलाई थाहा छैन…’ले पायो दुई करोड दर्शक

‘नाइँ मलाई थाहा छैन…’ले पायो दुई करोड दर्शक


राजन घिमिरे, सिड्नी

सिर्जनाको कुनै दायरा हुँदैन । त्यो क्षेत्रप्रति त्याग, समर्पण, मोह र निरन्तरता छ भने प्रवासमा रहेर पनि योगदान दिन सकिन्छ, अनि सफलता पनि हात लाग्छ भन्ने दृष्टान्त समय समयमा प्रवासमा रहेका सर्जकहरूले प्रस्तुत गर्दैै आएका छन् ।

यसक्रममा लामो समयदेखि अष्ट्रेलियाको सिड्नीमा रहेका गायक सन्जिव पराजुलीले पनि प्रवासबाटै गायनमार्फत विश्वभर रहेका नेपाली संगीतप्रेमीहरूको मन जितेका छन् । त्यसैले त उनले गाएको ‘नाई मलाई थाहा छैन…’ बोलको गीतले दुई करोड दर्शक पाइसकेको छ ।

उनको यो गीत यूट्यूबमा अपलोड गरेको जम्माजम्मी वर्षदिन पुग्दैछ, तर यस अवधिमा यो गीतले आधिकारिक रूपमा दुई करोड भ्यूज पाएपछि प्रवासमा रहेका अन्य सर्जकहरूलाई पनि ठूलो आत्मबल र हौसला मिलेको छ ।

‘अहिलेको समयमा के देश के परदेश…, सिर्जना राम्रो छ भने माया पाउन गाह्रो छैन’,‘सर्जकहरूको भनाई छ । प्रवासी गायकले गाएको गीतले यत्तिको सफलता पाएको सम्भवतः यो नै पहिलो घटना भएको टिप्पणी यहाँ गरिएको छ ।

ुमलाई यो गीतमा नेपालबाट गायनमा साथ दिनुहुने गायिका टिका प्रसाईको योगदानलाई म भूल्न सक्दिनँ । त्यसमाथि हाम्रो सिर्जनालाई जनमानससम्म पुर्याइदिनुहुने बाबा एजुकेशन कन्सल्टेन्सीप्रति नतमस्तक छुु, गायक सञ्जिव पराजुलीले उत्साहित हुँदै भने ।

सिर्जना र मनोरन्जनका विविध क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै आएको बाबा एजुकेशन कन्सल्टेन्सीका रविन्द्रकुमार शर्माले आफ्नो प्रस्तुति रहेको गीतले सफलता पाएकोमा गौरव लागेको बताए । ‘हामी आगामी दिनमा पनि विविध क्षेत्रमा जोडिने क्रमलाई निरन्तरता दिने छौँ’,‘ उनले भने ।

यस गीतको भिडियोमा कार्टून क्रुज र एलिसा राईको नृत्य रहेको छ ।