सम्झना चौधरीलाई मिस कलेज आइडल २०१७ को उपाधी 

सम्झना चौधरीलाई मिस कलेज आइडल २०१७ को उपाधी 


सम्झना चौधरीले  मिस कलेज आइडल २०१७ को उपाधी जितेकी छिन् । हालै सम्पन्न भएको दोस्रो सिजनमा १० जना प्रतिस्पर्धीलाई उछिन्दै बर्नहार्ट कलेजका छात्रा चाैधरीले सबै प्रतिस्पर्धीलाई उछिन्दै उपाधी जित्न सफल भएकी हुन् ।

सावित्री ढुङ्गाना निर्देशक रहेको ट्रिनिटी मार्केटिङ एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट कम्पनीले आयोजना गरेको थियो । कार्यक्रममा उपत्यकाका विभिन्न कलेजका ११ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । यसका साथै चाैधरीले मिस फ्रेन्डलीको उपाधी समेत हात पारीन् ।

कार्यक्रममा फस्ट रनर अप र मिस कन्फिडेन्ट नेपालय कलेजकी अस्मिता थपलिया, सेकेन्ड रनर अप र मिस डिसिप्लिन टाइम्स कलेजकी अस्मिता गैरे, थर्ड रनर अपको उपधी हात पार्न सफल गोल्डेन गेट कलेजकी निलिमा पराजुली फोटो जेनिक अवार्ड पनि पाएकी छिन् ।

त्यस्तै मिस क्याटवाक अलिसा श्रेष्ठ, वेष्ट पर्सनालिटी सुस्मा दिक्षित, मिस ट्यालेन्ट पुजा मगर, वेष्ट ड्रेस आइसा श्रेष्ठ, मिस बब्ली करिना राजथला, मिस भ्युवर च्वाइस श्रीजना पाख्रिन, मिस पब्लिक च्वाइस र वेष्ट स्माइल सिमरन सुबेदी, व्युटीफुल आइज युलिना घोषित भएकी छन् ।

ट्रिनिटी मार्केटिङले हरेक वर्ष उक्त कार्यक्रम गर्दै आइरहेको छ । यस्तै आयोजकले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गर्नका लागि कृष्णप्रसाद ढुङगाना स्मृतीपत्रको स्थापना गरेको छ ।

उक्त सम्मानबाट कलाकार तथा निर्देशक दिपाश्री निरौलालाइ सम्मान गरिएको छ । कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।