छोरीको कुमारित्व बिक्री गर्ने मोडल

छोरीको कुमारित्व बिक्री गर्ने मोडल


स्टिङ अपरेसनको माध्यमबाट अभियुक्त ठहऱ्याइएकी एक रसियन महिलाले आफ्नी १३ वर्षीया छोरीको कुमारित्व एक बेलायती धनाढ्यलाई बिक्री गर्न लागेको प्रहरीसामु स्वीकार गरेर दुनियाँलाई हैरान तुल्याएकी छिन् । अभिभावकले आफ्ना छोरीको देह उनकै मर्जीमा उपभोग गर्न दिने प्रचलन रुसमा अनौठो मानिँदैन, तर १३ वर्षकी नाबालक छोरीको कुमारित्व १९ हजार एक सय पौन्डमा बेचेर धन आर्जन गर्न खोज्ने आमामाथि भने त्यहाँको प्रहरी कडा रूपमा प्रस्तुत भएको छ । कुनै बेला ब्युटी कन्टेस्टमा समेत भाग लिएर वाहवाही बटुलेकी इरिना नामक यी ३६ वर्षीया महिलाले पछिल्लो समय युवतीको देह–व्यापारलाई नै धन आर्जनको माध्यम बनाएको खुलासा गर्दै स्थानीय प्रहरीले इरिनाका व्यावसायिक पार्टनर एक युवकलाई समेत नियन्त्रणमा लिएको छ ।