गुल्मी समाज अष्ट्रेलियाको अध्यक्षमा श्याम

गुल्मी समाज अष्ट्रेलियाको अध्यक्षमा श्याम


– राजन घिमिरे, सिड्नी

नेपालको गुल्मी जिल्लाबाट अष्ट्रेलिया आर्इ विभिन्न पेशा अध्ययन र ब्यवसायमा रमेका गुल्मीवासीहरूको साझा संस्था गुल्मी समाज अष्ट्रेलियाको सिड्नीमा साधारणसभा सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष भीम खरेलको अध्यक्षतामा सम्पन्न सधारणसभाले आगामी कार्यकालका लागि श्याम केसीलाई सवैसम्मत अध्यक्षमा चयन गरेको छ ।

केसी लामो समयदेखि नेपाली खानेकुरालाई अष्ट्रेलिया भित्र्याउने ब्यवसायीको रूपमा चिनिन्छन् । उनी फोर कर्नरका सन्चालक हुन् ।

उक्त साधारणसभाले उपाध्यक्षमा, कमला बस्नेत र चतुर्भुज खरेल, सचिवमा प्रेम सापकोटा, सहसचिवमा बिष्णु काफ्ले, कोषाध्यक्षमा रमेश मरासैनीलार्इ चयन गरेको छ। संस्थाका कार्यकारी सदस्यहरुमा नवराज खराल, दिगविजय अर्याल, मुस्कान पाण्डे, सुवोध थापा, कृष्ण खरेल, बिष्णु भुसाल, युवराज भण्डारी र बिष्णु घिमिरे सवैसम्मत निर्वाचित भएका छन्।

साधारण सभापछि सम्पन्न घोषणासभा एवम भेटघाट समारोहमा गुल्मेली, गुल्मीसंग भावनात्मक सम्बन्ध भएकाहरु र नेपाली समुदायका सदस्यहरुको ठुलो उपस्थिति थियो। विविध संस्कृतिक कार्यक्रमसहित सम्पन्न उक्त कार्यक्रममा सहभागीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुका साथै कार्यसफलताको शुभकामाना दिएका थिए । नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष भिम खरेलले पद तथा गोपिनियताको सपथ ग्रहण गराएका थिए। नवनिर्वाचित अध्यक्ष श्याम केसीले विगतमा जस्तै सबैबाट सहयोगको निरन्तरता रहने विश्वास लिँदै सबैसंग हातेमालो गरी अगाडि बढ्ने बताए ।