गत वर्षको गर्मीले वैज्ञानिक अत्यायो

गत वर्षको गर्मीले वैज्ञानिक अत्यायो


मानवीय गतविधिले अब आफ्ना आसपासका मात्र नभई धर्तीको जलवायुको स्वभाव ‘प्रकृति÷प्रवृत्ति’लाई नै नियन्त्रण तथा निर्देशन गर्न थालेको छ । प्रकृतिमाथि मनुष्यको यस लापरबाहीपूर्ण रवैयाका कारण पृथ्वीको तापक्रम लगातार वृद्धि हुँदै गएको भन्दै वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासा एवम् बेलायतको मौसम विभागले पुष्टि गरेका छन् कि बितेको वर्ष (सन् २०१७) ‘अल नीनो’बिना नै गर्मी वर्ष बन्न पुगेको छ । विगत १६७ वर्षको आँकडा नियाल्दा बितेको वर्ष सन् १८५० भन्दायताकै दोस्रो या तेस्रो गर्मी वर्ष थियो । यो अत्यन्त चिन्ताजनक अवस्था भएको उल्लिखित दुवै संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् १९९८ पनि अत्यन्त गर्मी वर्षको रूपमा रहेको थियो । तर, त्यस वर्ष पृथ्वीमा ‘अल नीनो’को प्रभाव रहेकाले त्यसलाई अस्वाभाविक रूपमा लिइएको थिएन । सन् २०१७ चाहिँ ‘अल नीनो’ बेगर नै अत्यन्त गर्मी वर्ष बनेकाले वैज्ञानिकहरूले चिन्ता प्रकट गरेका हुन् ।

कुनै वर्ष गर्मी बन्नु खास ठूलो मुद्दा नबन सक्छ, तर जुन ‘ट्रेन्ड’मा पृथ्वीको तापमान बढिरहेको छ, यसले चाहिँ छिट्टै अकल्पनीय खतरा निम्तन सक्ने विज्ञहरूको दाबी छ ।

पर्यावरण जोगाउन अब हरेक मानवले आ–आफ्नो स्थानबाट प्रयत्न किन नगर्ने ?