गोदावरीमा अर्को ‘मातृका यादव’ जन्मने

गोदावरीमा अर्को ‘मातृका यादव’ जन्मने


स्थानीय बासिन्दाको अथक प्रयत्नपछि बल्लतल्ल बन्द भएको गोदावरी मार्बल ढुङ्गा गिटी उद्योग पुनः सञ्चालन गर्न स्थानीय नेताहरू एक भएर लागेको सर्न्दर्भले यतिखेर गोदावरीका बासिन्दामा निराशा छाएको छ । ०६५ कात्तिकदेखि तत्कालीन वनमन्त्री मातृका यादवले सहसचिव कृष्णचन्द्र पौडेलको नेतृत्वमा समिति गठन गरी समितिले दिएको प्रतिवेदनको आधारमा वातावरण प्रभाव मूल्याङ्कनसमेत नभएको भनी उद्योग बन्द गरिएको थियो । रोजगारी सिर्जनाका लागि गोदावरी गिटी उद्योग सञ्चालन गर्नुपर्ने भनी स्थानीय दलका अगुवाहरूले हल्ला चलाएका छन् । दुई वर्षअघि वातावरणीय असरका कारण उद्योग बन्द हुनैपर्ने तर्क कान्तिपुर टेलिभिजनको कान्तिपुर आज भन्ने कार्यक्रममार्फत गर्ने स्थानीय नेता आज गोदावरी मार्बल उद्योग खुलाउन जोडतोडले लाग्नुले नैतिकता भन्ने कुरा देखाउने दाँत मात्र रहेछ भन्ने शिक्षा गाउँवासीले पाएका छन् । क्षेत्र नं. १ का सभासद् वर्षमान पुनचाहिँ उद्योग बन्द हुनैपर्छ भन्ने मान्यतामा रहेको बुझिएको छ । अनन्तसँग पराजित भएका उम्मेदवार मधुसूदन पौडेलसँग उद्योगको विषयमा जिज्ञासा राख्दा उद्योग सञ्चालन हुनसक्छ तर कसरी कसले चलाउने रहेछ हेर्नुपर्ने हुन्छ भनी पन्छिए । कसैकसैले पौडेल स्वयम् नै उद्योगका एक सेयरवाला हुन् भन्ने शङ्का पनि व्यक्त गरेका छन् ।
गोदावरी मार्बल उद्योगको स्थापनापछि गोदावरीको सामाजिक जीवन र उनीहरूको पुस्ता ज्यामी-कुल्लीमै सीमित भएको नमिठो यथार्थ बोकेर बसेका गाउँवासीहरूले ८-१० वर्षअघि २-४ वटा ट्रक भएर व्यवसायी बनेकाहरूकै कैयन रोपनी जग्गा सिद्धिएको अनि मार्बल फ्याक्ट्रीभन्दा पर सोच्न नसक्ने बनाइएको जमात हजारौँमा पुर्‍याइएको चर्चा गोदावरीको बौद्धिक समाजमा चल्न थालेको छ । अति सामाजिक भएर ठूला कुरा गर्न रुचाउने नेता र तिनका चाटुकारहरू केही लाख कमाउने धुनमा गोदावरीको नयाँपुस्तालाई फेरि मनोवैज्ञानिक रूपमा बिगार्न उद्योग सञ्चालन गर्नेतर्फ लाग्नुले नेता भनेको सामन्ती सोचका परिचायक नै रहेछन् भन्ने कुराको पुष्टि भएको छ ।
यता, गोदावरी फूल्चोकीजस्तो जैविक विविधताको उच्चतम महत्त्व बोकेको र राजधानीको छेउमै रहेको मनोरम स्थलमा बन्द भइसकेको खानीजन्य उद्योग सञ्चालन गरी वातावरण खल्बल्याउन तम्सनुले नेताहरूको पैसामुखी चरित्र उदाङ्ग भएको गाउँलेको कथन छ । ठूलै पर्यटकीय सम्भावना बोकेको गोदावरी क्षेत्रमा पर्यटन वर्षको बारेमा स्थानीय तथा राष्ट्रिय स्तरमा कुनै चर्चा नहुनुले आफूलाई अचम्भित तुल्याएको वातावरण मन्त्रालयका एक अधिकारीले बताए । उल्टै त्यहाँ त वातावरण नै खलबल्याउने काम पो हुँदैरहेछ भनी उनले आर्श्चर्य व्यक्त गरे । पटक-पटक व्यक्तिगत स्वार्थका लागि विचार परिवर्तन गरिरहने स्थानीय अगुवाहरूको पैसा कमाउने स्वार्थले गोदावरी मार्बलमा आँखा गाडे पनि त्यसका विरुद्ध अर्को मातृका यादव जन्मनेमा स्थानीय बासिन्दा ढुक्क छन् । गोदावरीको समग्र विकासमा चुनौती भनेका यहाँका अगुवा हुन् । बाहिर गाउँका मान्छे आउँदा भागाभाग गर्ने यी अगुवाहरू गाउँका मान्छेलाई सधैं तर्साउन सफल नहुने गाउँवासीको तर्क छ । जे होस्, यतिबेला यो प्रस्ट भएको छ कि गोदावरीको विकासमा बाधकतत्त्व भनेका त यहीँकै नेता-अगुवाहरू नै पो रहेछन् ।
– आरआर आचार्य, गोदावरी, ललितपुर

संविधानका लागि अब रुवावासी गरौँ
समयमै नयाँ संविधान निर्माण गर्न र शान्तिप्रक्रियालाई निर्धारित समयमै सम्पन्न गर्न दबाब दिनु आज अत्यावश्यक भइसकेको छ । यही उद्देश्यले गत मङ्सिर २८ गते दैलेखमा प्रतियोगिता आयोजना गरेर चर्चा पाएको प्याक्डोन नेपालले काठमाडौंमा पनि भव्य रूपमा ‘रुवावासी’ कार्यक्रमको आयोजना गर्ने भएको हामी जानकारी गराउँछौँ ।
‘शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउने र नयाँ नेपालको निर्माण गर्ने कार्य अपेक्षित गतिमा अगाडि बढ्न नसकिरहेको वर्तमान अवस्थामा हामी समृद्ध नेपाल निर्माण भएको हर्ेन चाहने देशभक्त नेपालीले विभिन्न फोरमबाट दबाब दिन अपरिहार्य भएको छ । सोही उद्देश्यअनुरूप रुवावासी कार्यक्रमको आयोजना गरिएको हो । साथै नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी समयमै संविधान निर्माण गर्न यस्ता खालका दबाबमूलक कार्यक्रमले टेवा पुग्ने विश्व्ाास हामीलाई छ ।
आप\mना सानातिना मतभेद र आग्रह-पूर्वाग्रहहरूलाई जनताको संविधान निर्माण नहुञ्जेल र स्थायी शान्तिको अभिभारा पूरा नहुन्जेल न्यूनीकरण गर्दै यथाशीघ्र उक्त कार्य सम्पन्न गर्न/गराउन सम्पूर्ण राजनीतिक दल, नेतृत्व एवम् नेपाल र नेपालीप्रति जिम्मेवार बफादार सम्पूर्ण असल नागरिकको दायित्व भएकोसमेत हामी स्मरण गराउन चाहन्छौँ । तर्सथ आगामी फागुन ५ गते राजधानीमा आयोजना हुने रुवावासी कार्यक्रमलाई सफल पार्न साहित्यिक, बौद्धिक, सांस्कृतिक एवम् सामाजिक सङ्घ-संस्था तथा व्यक्तिहरूको सक्रिय सहयोगका लागि हाग्रह र अपिल गर्दछौँ ।
– सहवीर विके, अध्यक्ष, प्याक्डोन नेपाल

सलोनीपछि तुलसा
महिला अधिकार तथा शान्तिका क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूको सञ्जाल शान्तिमालिकाको संयोजकमा तुलसालता अमात्य आएकी छिन् । युवा तथा दिगो शान्ति कार्यक्रमअर्न्तर्गत धादिङ, कपिलवस्तु, गोरखा र रूपन्देहीका युवा तथा शान्तिसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि एवम् शान्तिमालिकाका सदस्यहरूबीच एक समारोहमा संयोजक सलोनी सिंहले तुलसालाई नेतृत्व हस्तान्तरण गरिन् । शान्तिमालिकामा प्रत्येक वर्षमा विभिन्न सदस्य संस्थाहरूबीच नेतृत्व परिवर्तन हुने प्रावधान छ । सलोनी दिदीबैनी संस्थाकी अध्यक्ष हुन् भने तुलसा सिएसी नेपालकी अध्यक्ष हुन् । विभिन्न जिल्ला तथा राजधानीका गरी ४० जना प्रतिनिधिबीच धुलिखेलमा आयोजित समारोहमा नेतृत्व हस्तान्तरण गर्दै अधिकारवादी नेत्री सलोनीले आफ्नो कार्यकालमा शान्तिमालिकाले गरेका कार्यक्रम तथा अन्य नीतिगत कार्यका बारेमा जानकारी दिइन् । मुलुकमा नेतृत्वको होडबाजी चलिरहेको बेला प्रत्येक वर्ष नेतृत्व हस्तान्तरण गर्ने शान्तिमालिकाको प्रणाली प्रशंसनीय रहेको जिल्ला प्रतिनिधिहरूले बताएका थिए । कार्यक्रममा शान्तिमालिका सदस्य तथा महिला सुरक्षा दबाब समूहकी अध्यक्ष शारदा पोख्रेलले विगत एक वर्षको समयलाई स्मरणीय बनाएकोमा सलोनीप्रति आभार प्रकट गरेकी थिइन् ।

मादल बेचेरै ठडियो घर
लमजुङ/ २७ वर्षअघि आफ्ना बाबुले सुरु गरेको मादल बनाउने व्यवसायलाई विगत १७ वर्षदेखि निरन्तरता दिँदै आएका लमजुङ सुन्दर बजारका वीरबहादुर कुलु अहिले त्यस क्षेत्रमा सफल व्यवसायीका रूपमा चिनिएका छन् ।
बाबुको निधनपछि सम्पूर्ण भार आफ्नो थप्लोमा परेपछि बाबुको पेसालाई १७ वर्षदेखि निरन्तरता दिँदै आएको र आफ्नो बाबुले दुःख गरेर चलाएको मादल व्यवसाय सङ्कटमा पर्न नदिन उनले नयाँ किसिमले सञ्चालन गरेको बताउँछन् । बाबुले थोरै लगानीमा सञ्चालन गरेको व्यवसायलाई अझै ठूलो लगानी गरी धेरै आम्दानी गर्ने उद्देश्यले १५ वर्ष अगाडि उक्त मादल पसलमा लगानी गरी ठूलो बनाए । ग्राहकहरूको इच्छा र चाहनाअनुरूप मादललगायतका अन्य वाद्यवाधनहरूका सर-सामानहरू निर्माण गर्नु र बिक्री-वितरण गर्नु उनको दैनिकी जस्तै छ ।
बाबु-आमाको निधन एकै दिनमा भएको बताउने वीरबहादुर आफूलाई विदेशबाट आफन्तजनहरूले बोलाउँदासमेत आफ्नो देश र माटोमा केही गरे केही न केही त अवश्य नै मिल्छ भन्दै नेपालमा नै बस्ने इच्छा व्यक्त गरेको उनले २ वर्षमा नै घडेरी किनेको बताउँछन् । हाल उनको आफ्नो आतिष मादल, ठेकी पसलमा मादल र ठेकी बनाउनेदेखि लिएर अन्य वाद्यवाधनका सामग्रीसमेत बनाउँदै आएका छन् । वीरबहादुरले यो मादल व्यवसायलाई सुन्दर बजारमा मात्रै नभई खैरेनी, गोरखा आदि क्षेत्रमा समेत स्थापित गरेका छन् । दुई घरपरिवार भएको बताउने वीरबहादुरले मादल, ठेकी तथा अन्य वाद्यवाधनका सरसामग्रीको व्यापारबाट सुन्दर बजारमा एउटा पक्की घरसमेत निर्माण गरिसकेका छन् ।
३ जना कामदारसमेत राखेका वीरबहादुर मादलको घार बनाउने, छाला कस्ने, खरी हाल्नेजस्ता काम गर्छन् । साथमा मुरली, ठेकी, बाँसुरी, ड्रमसेट, तबला, खैंजडी, डमरु, मिरदुङ्गा आदि सरसामानहरूसमेत बनाउने उनले वारि्षक एक लाख बीस हजारभन्दा बढी कमाउने गर्छन् । आयको रकमबाट उनले बालबच्चाको शिक्षा, स्वास्थ्य, घरगर्जो तथा आफ्ना दसजनाको परिवार पाल्दै आएका छन् । बिहान सूर्योदयदेखि सर्ूयास्तसम्म व्यस्त रहने वीरबहादुरलाई भोक, तिर्खा र थकानको कुनै पर्वाह नै छैन । जतिखेर पनि व्यस्त देखिने गर्छन् । उनको पसलमा अहिले जिल्लामा रहेका विद्यालय, आमा समूह, तर्ीथालु भक्तजन तथा पर्यटकहरू मादल, ठेकी तथा विभिन्न किसिमका वाद्यवाधनका सामग्रीहरू किन्न आउने गर्छन् जसले गर्दा उनी सफल व्यवसायिका रूपमा परिचित भएका छन् ।
‘अरूको दासी भएर विदेशमा गएर चाकडी गरी कमाएको धनभन्दा आफ्नो व्यवसायबाट कमाएको थोरै कौडीमा नै सन्तुष्ट हुन सक्नुपर्छ,’ उनी भन्छन् ।
– आसमन बस्नेेत