देशले प्रधानमन्त्री पाउने पक्का

देशले प्रधानमन्त्री पाउने पक्का


प्रधानमन्त्री चयनमा यसअघि देखिएको जटिलताको पुनरावृत्ति नहोस् भनी राजनीतिक दलहरू नियमावली संशोधनमा राजी भएका छन् । संशोधित नियमावलीअनुसार अब प्रधानमन्त्रीको निर्वाचन तीन चरणभन्दा बढी हुने छैन । पहिलो र दोस्रो चरणमा प्रधानमन्त्री चयन हुन नसके तेस्रो चरणमा सबभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मात्र प्रतिस्पर्धा गराइनेछ । सबै सभासद् उपस्थित भए भने तेस्रोपटकको निर्वाचनले कुनै एक उम्मेदवारलाई निश्चित रूपमा प्रधानमन्त्री बनाउनेछ ।
संशोधित नियमावलीअनुरूप निर्वाचन भयो भने अहिलेकै अवस्था कायम रहेमा दोस्रो चरणको निर्वाचनपश्चात् एमालेका उम्मेदवार ‘रिङआउट’ हुनेछन् र माओवादी र काङ्ग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तो अवस्थामा एमाले र तराई केन्द्रित दलहरूको समर्थन जतापटि रहन्छ उही पार्टीका उम्मेदवार विजयी हुने निश्चित मानिन्छ । एमाले उम्मेदवार प्रतिस्पर्धाबाट बाहिरिएमा एमाले र तराई केन्द्रित दलहरूको समर्थन काङ्ग्रेसको उम्मेदवारलाई हुनसक्ने सम्भावना प्रबल छ । तर, प्रथम चरणको निर्वाचनामा आफ्नो स्थिति अपेक्षाअनुरूप नभएमा माओवादी उम्मेदवारले एमाले उम्मेदवार -झलनाथ भएमा) लाई समर्थन दिई बहुमत पुर्‍याइदिनसक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । एमाले अध्यक्ष झलनाथ खनालले अपेक्षा गरेको पनि यही स्थितिको हो । तर, माओवादीको समर्थन झलनाथलाई जाने भयो भने त्यसलाई रोक्न तराई केन्द्रित दलहरूले माओवादी उम्मेदवारलाई नै समर्थन दिने सम्भावना छ । तराई केन्द्रित सबै दलको समर्थन माओवादीतिर भएमा -सम्भवतः) प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुनेछ । त्यसबेला काङ्ग्रेस र एमाले दुवै दलहरू ‘रिङआउट’ हुनेछन् ।
यसअघि प्रधानमन्त्रीका तीन उम्मेदवारमध्ये प्रचण्ड र झलनाथ खनालले आफ्नो उम्मेेदवारी फिर्ता लिएपछि नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल मात्र मैदानमा हुँदा पनि उहाँलाई प्रधानमन्त्री घोषणा गरिएन । एक मात्र उम्मेदवार भएको अवस्थामा स्वतः विजयी हुने विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्य र परम्परालाई चुनौती दिँदै नेपालको संसद्ले एक्ला उम्मेदवारको पनि बारम्बार चुनाव गराउने तमासा देखाइरह्यो । फलस्वरूप अन्ततः काङ्ग्रेस पनि आफ्नो उम्मेदवारी फिर्ता लिन बाध्य भयो । त्यसबेला सभामुखले इमानदारीपूर्ण साहस गरेका भए रामचन्द्र पौडेल प्रधानमन्त्री हुने र उहाँलाई विश्वासको मत प्राप्त हुने पनि निश्चित थियो । तर, माओवादीको मतियार बनेका दुई इलामे नेता -झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ) को षड्यन्त्रका कारण पौडेललाई प्रधानमन्त्री बन्न दिइएन र प्रचलित प्रजातान्त्रिक मूल्य एवम् मान्यता पनि तोडियो । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा यो प्रकरण एउटा ‘कालो घटना’का रूपमा स्मरणीय रहिरहने विश्वास गरिएको छ ।

राजसंस्था आवश्यक छ ः पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल
पूर्वप्रधानसेनापति रुक्मांगद कटवालले नेपालमा राजसंस्था अझै पति अपरिहार्य भएको बताउनुभएको छ । कटवालले उक्त कुरा लन्डनमा नेपालीहरूकाबीच आयोजित भव्य समारोहमा बताउनुभएको हो । देश, काल र परिस्थितिअनुसार नेपालका लागि राजसंस्था आवश्यक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हरेक राज्यका आवश्यकता फरक हुन सक्छन् । नेपालीलाई एकताबद्ध राख्नका लागि राष्ट्रिय एकताको प्रतीकका रूपमा नेपालमा राजसंस्थाको आवश्यकता हिजो पनि थियो र आज पनि छ ।’ पूर्वसेनापति कटवाललाई बेलायतमा बस्ने नेपालीले राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा प्रमुख अतिथिका रूपमा निम्त्याएका थिए । नेपालमा गणतन्त्र आएपछि मुलुकका विभिन्न स्थानमा रहेको राष्ट्रनिर्माताका सालिकहरू धमाधम भत्काइँदा तत्कालीन प्रधानसेनापति कटवालले श्री ५ पृथ्वीनारायण शाहको ठूलो कदको तस्बिर नेपाली सेनाको प्रधान कार्यालय र नेपाली सेनाका सम्पूर्ण ब्यारेकहरूमा राख्न निर्देशन दिनुभएको थियो । नेपाली सेनाको संस्थापक स्व. श्री ५ पृथ्वीनारायण शाह हुनुहुन्छ । पूर्वसेनापति कटवाललाई नेपाली समाज यूके र राष्ट्रवादी नेपाली प्रजातान्त्रिक मञ्चले लन्डनमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मन्तव्यका लागि निम्त्याएका थिए ।
धर्मराज अधिकारीबाट प्राप्त जानकारीअनुसार नेपाली समाज यूकेद्वारा आयोजित कार्यक्रममा बेलायतमा बसोबास गर्ने नेपालीका निम्ति आकर्षणका केन्द्रबिन्दु बन्नुभएका पूर्वप्रधानसेनापति कटवालले सेना समायोजन, सङ्घीयता, अनमिन, राजनीतिक दलहरूलगायतका विषयमा बोल्नुभएको थियो । मन्तव्यका क्रममा माओवादीप्रति उहाँ कठोर आलोचकका रूपमा प्रस्तुत हुनुभयो । शक्तिखोरको भिडियो काण्डले माओवादीको वास्तविक नियत सार्वजनिक गरेको बताउँदै उहाँले माओवादी जनताप्रति इमानदार नभएको बताउनुभयो । प्रचण्ड थैव, रामहरि श्रेष्ठलगायतलाई हत्या गर्नेहरू अहिले पनि माओवादी शिविरभित्र खुलेआम रहेको बताउँदै उहाँले प्रश्न गर्नुभयो, ‘उनीहरूलाई जनहत्यारा भन्ने कि नभन्ने -‘ पूर्वसेनापति कटवालले सङ्घीयता नेपालका लागि घातक हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले जसरी सङ्घीयताको खाका कोरिएको छ, त्यहीअनुरूप अगाडि बढ्ने हो भने देश टुक्रिन्छ ।’ जातीय आधारमा कुनै पनि हालतमा सङ्घीयतामा जान नहुने तर्क गर्दै उहाँले विविध जातजाति, भाषाभाषीको एकताबद्ध नेपालीहरूको नेपाल आजको आवश्यकता रहेको बताउनुभयो । सेना समायोजनका बारेमा पूर्वसेनापतिले सेना हुनका लागि आफ्नै प्रकारका विशिष्ट पूर्वाधार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसैलाई रहर लाग्यो भन्दैमा सेना हुन सकिँदैन । तर, निश्चित मापदण्ड पूरा गरेपछि भने कुनै पनि नेपाली नागरिक सेनामा भर्ती हुन सक्छ । सेनामा कुनै प्रकारको विभेद छैन र गरिने पनि छैन । सेना कुनै पनि राजनीतिक दलविशेषको हुन सक्दैन, सेना त राष्ट्रको हो ।’
यसैगरी राष्ट्रवादी नेपाली प्रजातान्त्रिक मञ्चद्वारा ‘पृथ्वी जन्मजयन्ती र राष्ट्रिय एकता, आजको आवश्यकता’ कार्यक्रममा बेलायतस्थित विभिन्न संस्थाका प्रतिनिधिहरू तथा राजनीतिक दलसँग सम्बद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो । पूर्वसेनापति कटवालले सो समारोहमा पृथ्वीनारायणको इतिहासलाई निमिट्यान्न पार्न खोज्नेहरू अन्ततः आफैं समाप्त हुने बताउनुभयो । संस्थाका महासचिव नारायण अधिकारीका अनुसार आजको राजनीतिक अन्योललाई चिर्न राष्ट्रिय एकताको भावना राख्ने नेतृत्वको आवश्यकतालाई महसुस गरी पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सबै पक्षको सहभागिता गराइएको हो । कार्यक्रममा उपस्थित बेलायतमा बसोबास गर्ने नेपालीले नेपालमा सर्वस्वीकार्य नेतृत्व आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

प्रधानमन्त्री नपाए प्रतिपक्ष
आफ्नो नेतृत्वमा सरकार बन्ने सम्भावना नरहे एमाले प्रतिपक्षमा बसेर संविधान निर्माण तथा शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने अभियानमा लाग्ने अध्यक्ष झलनाथ खनालले बताउनुभएको छ । अब एमाले अरूको नेतृत्वमा बन्ने सरकारमा हुने सहभागिताप्रति गम्भीर हुनुपर्ने देखिन्छ, त्यसैले काङ्ग्रेस वा माओवादीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने निर्णय गर्नुपर्ने बताउँदै खनालले माघ १० गते बसेको स्थायी समिति बैठकमा एमालेमाथि लाग्ने गरेको दागलाई मेटाउन पनि एकपटक एमाले अरूको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुन नहुने धारणा राख्नुभएको थियो । बैठक स्रोतका अनुसार अध्यक्ष खनालले अनौपचारिक प्रसङ्ग भन्दै राष्ट्रिय सहमति या बहुमत जुन तरिकामा भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने, यदि त्यो सम्भव नभए प्रतिपक्षमा बस्नुको विकल्प नरहेको बताउनुभएको थियो ।
‘पार्टी प्रतिपक्षमा बस्दा शान्ति र संविधान निर्माणमा सहयोग पुग्छ भने हामी प्रतिपक्षमा बस्न तयार हुनुपर्छ,’ खनालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले भन्नुभयो, तर, बैठकमा सहभागी प्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रतिपक्ष वा सरकारमा नेतृत्व गर्नेभन्दा पनि छिटो लोकतान्त्रिक गठबन्धनमा सरकार बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको थियो । उहाँले माओवादीलाई विश्वास गर्न सकिन्न र काङ्ग्रेसलाई असहयोग गर्न पनि उचित हुन्न भन्दै त्यसैअनुसार निर्णय गर्नुपर्ने बताउनुभएको थियो । अध्यक्ष खनालको हरेक निर्णयलाई साथ दिँदै आउनुभएका महासचिवर् इश्वर पोखरेल भने प्रतिपक्षमा बस्ने भन्ने खनालको प्रस्तुतिमा मौन बस्नुभएको थियो । यसअघि माओवादीले पनि आफूहरूले सरकारको नेतृत्व नपाए प्रतिपक्षमा बस्ने बताएका छन् । काङ्ग्रेस त सरकारको नेतृत्व नपाए प्रतिपक्षमा बस्ने निश्चित नै छ ।

आफ्नैले धोका दिएको गुनासो
एमाले अध्यक्ष झलनाथ खनालले पार्टीभित्रकै शीर्ष नेताहरूबाट भएको घात-अन्तर्घर्ााा कारण एमालेको नेतृत्वमा पुनः सरकार बन्ने सम्भावना न्यून रहेको बताउनुभएको छ । उहाँले पार्टीभित्रबाट आफूलाई पटक-पटक धोखा हुँदै आएको, पार्टी निर्णयविपरीत केही शीर्ष नेताहरू लागेका कारण एमालेले सरकारले नेतृत्व दाबी गर्न छाड्नुपर्ने अवस्था आएको सोमबार -१० माघ) बिहान आफूनिकटका नेताहरूसँगको छलफलमा बताउनुभएको हो । आफूनिकट नेताहरूसँगको छलफलमा अध्यक्ष खनालले आफूले कुनै दिन यसको पैंचो तिरेरै छाड्नेसमेत बताउनुभएको छ । उहाँले पछिल्लो चरणमा प्रधानमन्त्री नेपालबाटै पूर्णरूपमा असहयोग भएको र नेता ओलीले त आफूविरुद्ध कार्यकर्ता नै परिचालन गरेको आरोपसमेत लगाउनुभएको छलफलमा सहभागी एक नेताले बताउनुभयो ।
अध्यक्ष खनालले स्थायी समिति बैठकमा प्रस्तुत गर्ने एजेण्डाबारे छलफल गर्ने आफू निकट पदाधिकारीहरूसँग छलफलमा खनालले पार्टीका वरिष्ठ नेतासमेत रहनुभएका प्रधानमन्त्री नेपाल र नेता केपी ओलीको असहयोगका कारण काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना बढ्दै गएकोसमेत खुलासा गर्नुभएको थियो । माओवादीबाट पनि एमालेलाई झुक्याउने खेल भइरहेको भन्दै खनालले यसपटक नेपाल-ओलीले चाहेजस्तो सरकार बन्ने खतरा औंल्याउनुभएको थियो । यसअघि खनाल माओवादीको सहयोगमा प्रधानमन्त्री बन्ने अभियानमा लाग्नुभएको थियो । उहाँले यस विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पटकपटक गोप्य भेटघाट गर्नुभएको थियो । प्रचण्डनिवास नयाँबजारमा एमाले उपाध्यक्ष वामदेव गौतमको सहभागितामा भएको छलफलमा खनाल प्रधानमन्त्री बन्नेमा ढुक्क हुनुहुन्थ्यो । तर, हालै बसेको माओवादी स्थायी समिति बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि खनालको प्रधानमन्त्री बन्ने योजनामा केही तुषारापात भएको थियो । तर, खनाल माओवादी नेतृत्वमा बन्ने सरकारलाई काङ्ग्रेस-एमालेले स्वीकार नगर्ने भएकाले माओवादीले निरि्वकल्प आफूलाई सहयोग गर्छन् भन्नेमा ढुक्क हुनुहुन्थ्यो । यसैबीच माओवादी नेतृत्वमा सरकार बन्न नसक्ने ठहर गर्दै काङ्ग्रेस वा एमालेको नेतृत्वमा माओवादीसमेतको सहभागितामा सरकार बनाइनुपर्ने निर्णय एमाले स्थायी समिति बैठकले गरेको छ । स्थायी समिति बैठकको निर्णयले एमाले-माओवादीबीचको सम्बन्धमा समेत केही असर पर्ने देखिएको छ । ‘माओवादीको नेतृत्वमा सरकार बनाउन नसकिने निर्णय गर्नुको रहस्य पार्टी अध्यक्ष खनालको नेतृत्वमा सरकार बनाउन सकिँदैन भन्नु हो,’ बैठकपश्चात् प्रधानमन्त्रीनिकट एक नेताले बताउनुभयो ।

प्रेमका कारण गयो जीवन †
केही समययता सम्बन्धहरूमा आएको तनावका कारण हत्या तथा आत्महत्याका घटना बढ्दै गएका बेला नेपाल प्रहरीका होनहार प्रहरी अधिकृत -डीएसपी) कञ्चन थापाको आत्महत्या-प्रकरण सनसनीपूर्ण रूपमा अगाडि आएको छ । नेपाल प्रहरीमा मिजासिलो स्वभावका मानिने डीएसपी कञ्चन श्रीमतीसँग तनाव बढेपछि प्रेमिका खोपकुमारीसँग बस्दै आएका थिए । गाउँमा खोपकुमारी भनेर चिनिए पनि रसुवानिवासी थापाकी प्रेमिका काठमाडौं आएपछि पूजामा परिणत भएकी थिइन् । २०६३ सालमा भेटघाट भएपछि पूजा र कञ्चनबीच प्रेम सम्बन्ध भएको थियो । प्राप्त जानकारीअनुसार, कञ्चनलाई भेट्दा पूजा ब्युटिपार्लरमा काम गर्थिन्, माया बढ्दै गएपछि उनले प्रेमिकालाई काम गर्न जानबाट वञ्चित गरी सबै खर्च आफैंले व्यहोर्दै आएका थिए । डीएसपी थापा र उनकी श्रीमतीबीच के विषयमा तनाव बढेको थियो भन्ने कुरा भने बाहिर आएको छैन, तर उनले श्रीमतीबाट आफूले असाध्यै तनाव पाएको भनी साथीहरूसँग बताउँदै आएका थिए । पछिल्लो समयमा प्रेमिकासँग बसे पनि उनी बेलाबेलामा श्रीमतीकहाँ पनि जाने गरेका थिए । उनका एक छोरा भएको थाहा भएको छ । डीएसपी थापाको आत्महत्या-प्रकरणमा अनेक अनुमानहरू बाहिर आए पनि मूलतः उनले प्रेमिकासँगको झगडामा आवेशमा आई पेस्तोल चलाएको बुझिएको छ । प्रहरीले जफत गरेका कागजातमा उनले धेरै ठाउँमा ‘काली’ भन्ने शब्द उल्लेख गरेका छन् । खोपकुमारीले आफैंले राखेको नाम पूजा नभनी उनलाई कञ्चनले काली भनेर बोलाउने गर्थे । शनिबार उनीहरूको झगडा मूलतः घर बनाउने विषयमा भएको बुझिएको छ । आफ्नो नाममा रहेको जग्गामा चाँडै घर बनाउनका लागि उनले दबाब दिँदै आएकी थिइन् । पूजालाई अहिले प्रहरीले पक्राउ गरी बयान लिइरहेको छ । सुरुमा उनी केही नबोलेको, पछि विस्तारै खुल्दै गएको तर अझै धेरै कुरा आउन बाँकी नै रहेको प्रहरी स्रोतले जनाएको छ । शनिबार छुट्टी भएकाले डीएसपी थापाले बियर खाएर रमाइलो गरिरहँदा पूजासँग भनाभन सुरु भएको थियो । उनले तपाईंले मलाई घर बनाइदिनुहुन्न भने जग्गाको यो लालपर्ूजा पनि तपाईं नै राख्नुस् भनेर लालपर्ूजा उनीतर्फ फालिदिएपछि उनले आ’ यस्तो गरेर बाँच्नुभन्दा त बरु मर्नु जाती भन्दै आफूसँग रहेको पेस्तोलले आफैंलाई हानेको बुझिएको छ । प्रहरीले जफत गरेको कागजातमा आफूले लगानीका निम्ति दिएको पैसा ‘मेरी कालीका निम्ति हो’ भनेर पटकपटक लेखिएबाट आर्थिक कुरामा ती दुईबीच बेलाबेलामा विवाद पर्ने गरेको र विवाद परेपछि उनले कागज लेखिदिने गरेको हुन सक्ने अनुमान गरिएको छ ।

बैठक टुङ्गियो कुरा टुङ्गिएन
राष्ट्रिय सहमतिका आधारमा बन्ने भनिएको नयाँ सरकारको नेतृत्व चयन गर्ने विषयमा दलहरूबीच सहमति जुटाउन मंगलबार दिनभरजसो बसेको तीन दलको द्विपक्षीय बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । ती बैठकमा माओवादी, एमाले र काङ्ग्रेस तीनवटै दलले सरकारको नेतृत्वको दाबी गरेपछि दलहरूबीच सहमति जुट्न नसकेको हो । १० गते सोमबार बसेको तीन दलको बैठकमा काङ्ग्रेस र एमालेले चक्रीय प्रणालीमा सरकारको नेतृत्व गर्ने विषयमा सहमति जनाई सोहीअनुसार प्रस्ताव पेस गरे पनि माओवादीले असहमति जनाएपछि चक्रीय प्रणालीको बारेमा मंगलबार द्विपक्षीय छलफल गरी बुधबार तीन दलको बैठक बसेर टुङ्गोमा पुग्ने सहमति भएको थियो । सोही सहमतिअनुसार मंगलबार एमाले-काङ्ग्रेस र काङ्ग्रेस-माओवादीको द्विपक्षीय बैठक बसेको थियो ।
एमाले संसदीय दलको कार्यालयमा बसेको काङ्ग्रेस-एमाले बैठकमा दुवै दल चक्रीय प्रणालीमा जान सहमति भए पनि सबैभन्दा पहिले त्यसको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति हुन सकेन । स्रोतका अनुसार बैठकमा एमाले र काङ्ग्रेस दुवै दलले सरकारको नेतृत्वको दाबी गरेका थिए । माओवादीको नेतृत्वमा बन्ने सरकारलाई काङ्ग्रेस-एमाले दुवै दलले स्वीकार नगर्ने भन्ने विषयमा भने दुई दलबीच सहमति भएको काङ्ग्रेस नेता रामचन्द्र पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सहमतिको नजिक छौँ, सहमतिकै आधारमा अघि बढ्छौँ ।’ बैठकमा आफूहरूलाई सहयोग गर्न एमालेसँग आग्रह गरिएको थियो । एमाले नेता प्रदीप ज्ञवालीका अनुसार जवाफमा एमालेले माओवादीलाई समेत विश्वासमा ल्याउन सक्नुहुन्छ भने त्यसमा एमालेलाई आपत्ति नहुने बताएका थिए । सबैलाई मान्य हुने प्रधानमन्त्रीको खाँचो औल्याउँदै एमालेले आफ्नो नेतृत्वको सरकार नै सबैलाई मान्य हुन सक्ने जिकिरसमेत गरेको थियो ।
यसैबीच माओवादी-काङ्ग्रेसबीच द्विपक्षीय बैठक बसेको थियो । बैठकमा दुवै दलका शीर्ष नेताहरूले आ-आफ्नो अडान प्रस्तुत गरेका थिए । दुवै दलले सरकारको नेतृत्वको दाबी नछाडेकोले बिनानिष्कर्ष टुङ्गिएको थियो । आज बुधबार तीन दलका शीर्ष नेताबीचको बैठक बसी सहमतिको उपाय खोजी गर्ने बैठकपछि दुवै दलका नेताहरूले बताएका छन् ।

सताउन थालियो फेरि बाबुरामलाई
एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई को विचार र सिद्धान्त पार्टीभित्र हावी हुँदै गएपछि भट्टराई को विचार र सिद्धान्तलाई तेजोबध गर्ने अनेक प्रपञ्च रचिन थालेको छ । पार्टी अनुशासनविपरीत अभिव्यक्ति दिएको तथा भारतपरस्त भएको आरोपमा उपाध्यक्ष भट्टराई लाई माओवादी हेडक्वाटरले पटकपटक कारबाही गर्न खोजेको थियो । तर, कार्यकर्तामाझ भट्टराई को लोकप्रियता र व्यापक जनसमर्थनले कारबाही गर्न सकिरहेको छैन । तथापि भट्टराई लाई कारबाही गर्ने अनेक उपाय रचिँदै छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उहाँनिकट नेताहरू भट्टराई को विचारलाई तेजोबध गर्न सङ्गठित भएर लागेका छन् । यसैबीच उनीहरूले उपाध्यक्ष भट्टराई ले गत महिना भारतको मुर्म्बईमा आयोजित अनुराधा गँन्धी स्मृति व्याख्यान कार्यक्रममा व्यक्त विचारलाई पार्टीको नीतिविपरीत र आत्मसमर्पणवादी विचार भएको आरोप लगाएका छन् ।
अध्यक्ष प्रचण्डनिकट एक शीर्ष नेताले अनुराधा गान्धी स्मृति व्याख्यान कार्यक्रममा व्यक्त भट्टराई को विचारलाई पौने एक महिनापछि ११ माघमा एक राष्ट्रिय दैनिकले प्रकाशित गर्नु निकै अर्थपूर्ण भएको बताउनुभयो । ती नेताका अनुसार भट्टराई को विचार पार्टी नीतिविपरीत, अस्पष्ट र आत्मसमर्पणवादी छ । भट्टराई ले आफ्नो लेखमा नेपालजस्तो देश, जहाँ निरङ्कुश राजतन्त्रले सयौँ वर्षसम्म शासन गरेको छ, त्यहाँ बर्ुर्जुवा लोकतान्त्रिक क्रान्ति पूरा गर्न लोकतान्त्रिक गणतन्त्रको खुट््किलोमा जानु उपयुक्त हुन्छ भन्नुभएको छ । भट्टराई को यसप्रकारको विचारलाई आत्मसमर्पणवादी विचार भन्दै यसप्रकारको विचारले क्रान्तिकारी पार्टीलाई पुरानो संसद्वादी ढाँचामा लैजाने आरोपसमेत लगाएका छन् । ‘अनुशासनविपरीत पार्टीको केन्द्रीय प्रशिक्षण कार्यक्रम बहिष्कार गरेको बहुमत केन्द्रीय सदस्यले ठहर गरी आत्मालोचना गर्न निर्देशन दिँदा उल्टै नोट अफ डिसेन्ट लेखेर केन्द्रीय कमिटीको निर्णयलाई धज्जी उडाउने काम भएको छ,’ प्रचण्डनिकट ती नेताले घटना र विचारसँग भन्नुभयो, ‘पार्टीले पटकपटक सुध्रने मौका दिँदा पनि सुध्रनुहुन्न भने बाध्य भएर कठोर कारबाही गर्नुपर्ने हुन्छ । भट्टराई ले व्यक्त गरेका हरेक विचारले पार्टीलाई तहसनहस बनाउने हामीले महशुस गरेका छौँ ।’ ती नेताले भन्नुभयो, ‘झन् मंगलबार प्रकाशित विचारले पार्टीको सिद्धान्तमा ठूलो असर पार्छ ।’
पार्टी प्रवक्ता दीनानाथ शर्माले भने पार्टीका हरेक नेताले आफ्नो विचार राख्न पाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसैको विचारमा प्रतिबन्ध लगाउने माओवादीको नीति छैन, तर त्यस विचारले कस्तो असर पार्छ भन्ने मात्र हो ।’ उहाँले आफूले कसैको विचारमा आधारित भएर प्रतिक्रिया नदिने बताउँदै भन्नुभयो, ‘हामी झिनामसिना कुरामा लाग्दैनौँ ।’

भुटान र अफगानिस्तानपछि नेपालमा पनि र्सार्क दूर-चिकित्सा केन्द्र
भारत र नेपालबीच डेढ वर्षअघि भएको सम्झौताअनुसार निर्माण सम्पन्न भएको र्सार्क दूर-चिकित्सा केन्द्रको विधिवत् उद्घाटन भएको छ । करिब चार करोड ८८ लाखको भारतीय सहयोगमा निर्मित सो केन्द्रको गत शुक्रबार नेपालका लागि भारतीय राजदूत राकेश सुदसमेतको उपस्थितिमा प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो ।
भारत सरकारको पूर्ण लगानीमा सञ्चालित र्सार्क दूर-चिकित्सा परियोजना सञ्जालअर्न्तर्गत निर्माण गरिएको उक्त केन्द्र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले सन् २००५ मा ढाकामा सम्पन्न १३औँ र्सार्क शिखर सम्मेलनमा गर्नुभएको प्रतिबद्धताअनुसार निर्माण भएको सम्बद्ध पक्षले जनाएको छ । केन्द्रबाट अस्पताललाई दूर-चिकित्सा परामर्श प्राप्त हुने र र्सार्क देशहरूमा नियमित चिकित्सा शिक्षा सेवाका लागि अस्पतालहरू छनोट गर्न सहयोग पुग्ने बुझिएको छ । भारतबाट यस्ता सेवाहरू दुई अति-विशिष्ट अस्पतालहरू सञ्जय गान्धी पोस्ट ग्य्राजुएट इन्स्िटच्युट अफ मेडिकल साइन्सेस -लखनउ) र पोस्ट ग्य्राजुएट इन्स्िटच्युट अफ मेडिकल एजुकेसन एन्ड रिर्सच -चन्डीगढ)मार्फत प्रदान गरिने दूतावासले जनाएको छ । यी संस्थानहरू अतिविशिष्ट शिक्षण तथा तालिम र अनुसन्धानका लागि अत्याधुनिक चिकित्सा सेवा प्रदान गर्ने एसियाका सर्वोत्कृष्ट चिकित्सा संस्थानहरूमध्ये तेस्रो स्थानमा पर्छन् ।
र्सार्क दूर-चिकित्सा सञ्जालअर्न्तर्गत भुटानमा जिग्मे दोर्जी वाङचुक नेसनल रेफेरल हस्पिटल र अफगानिस्तानको कावुलमा इन्दिरा गान्धी इन्स्टिच्युट अफ चाइल्ड हेल्थले यस प्रकारको सेवा यसअघि नै प्रदान गरिरहेका छन् भने ललितपुरस्थित पाटन अस्पतालमा रहेको यस केन्द्रको उद्घाटनसँगै नेपाल उक्त सुविधा पाउने तेस्रो र्सार्क देश भएको छ । स्वास्थ्य स्याहारमा भौगोलिक पहुँच विस्तार गरी दुर्गम र ग्रामीण बस्तीका जनतासम्म स्वास्थ्य विशेषज्ञको सुविधा पुर्‍याउने र्सार्क दूर-चिकित्सा केन्द्र स्थापना भएकोमा भारत सरकारले प्रशन्नता व्यक्त गरेको पनि दूतावासले जानकारी गराएको छ । दूर-चिकित्सा प्रविधिले स्वास्थ्य व्यवसायीहरूलाई सहुलियत लागतमा तालिम एवम् शैक्षिक सुविधा प्रदान गर्ने बताएको छ ।
भारत सरकारले र्सार्क कार्यक्रमअर्न्तर्गत र्सार्क दूर-चिकित्सा केन्द्रको साथै अन्य थुप्रै विकास परियोजनाहरूमा सहयोग प्रदान गरेको छ । दलहन बालीको घुम्ती प्रजननअर्न्तर्गत जारी योजनामा दलहन बाली अनुसन्धानका लागि भारतीय प्रतिष्ठान -कानपुर)ले नेपाल कृषि अनुसन्धान परिषद् -नार्क)लाई स्थलगत अनुसन्धान तथा दालको बीउको गुणस्तर सुधार गरी नेपालमा उत्पादन हुने दालका विभिन्न प्रकारहरूमा सुधार ल्याउने प्रयोजनका लागि पनि सहयोग प्रदान गर्दै आएको छ । राष्ट्रिय शिक्षा विकास केन्द्र, भक्तपुरमा र्सार्क दूर-शिक्षा केन्द्र पनि स्थापना गरिँदै छ भने भारत सरकारले सहयोग प्रदान गर्ने र्सार्क ग्रामीण सौर्य विद्युतीकरण परियोजनाअर्न्तर्गतको एक गुरुयोजनाले चितवनका माडी कल्याणपुर गाउँका तीन सयभन्दा बढी परिवारलाई सौर्य विद्युत् सुविधा प्रदान गरेको छ । र्सार्क राष्ट्रहरूका राष्ट्रिय प्रहरी निकायहरूको सञ्जालका लागि भारत सरकारले प्रायोजन गरेको परियोजनाअर्न्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयलाई कम्प्युटर तथा सञ्जाल विस्तार सामग्रीहरू प्रदान गरिएको छ ।

ँराष्ट्रपति यादवको स्वागत गर्न भारत व्यग्र’
गत साता तीनदिवसीय औपचारिक नेपाल भ्रमणमा रहनुभएकी भारतीय विदेशसचिव श्रीमती निरूपमा रावले प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा गत अगस्ट २००९ मा प्रधानमन्त्री नेपालद्वारा भारत भ्रमणका क्रममा भएका सम्झौताहरू कार्यान्वयन गर्ने भारतीय प्रतिबद्धता व्यक्त गर्नुभएको बुझिएको छ । सो भेटमा उहाँले दुवै सरकारहरूले सम्झौता कार्यान्वयनको सर्न्दर्भमा आफ्ना सहयोगहरू अझ घनीभूत बनाउने आशा पनि व्यक्त गर्नुभयो ।
गत ४, ५ र ६ गतेको भ्रमणका दौडानमा विदेशसचिव रावले राष्ट्रपति डा. रामवरण यादव, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपप्रधान र भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, उपप्रधान र परराष्ट्रमन्त्री सुजाता कोइराला र ऊर्जामन्त्री प्रकाशशरण महतसँग पनि भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा भारत र नेपालबीच रहिआएको निकट तथा बहुआयामिक द्विपक्षीय सम्बन्ध तथा यसलाई अझ बढी विस्तार र मजबुत तुल्याउने उपायहरूको बारेमा छलफल भएका थिए । राष्ट्रपति डा. यादवले आफूले निकट भविष्यमा गर्न लागेको भारतको औपचारिक भ्रमणको क्रममा भारतीय नेतृत्वसँग भेटवार्ता गनेशा व्यक्त गर्नुभयो भने भारतका राष्ट्रपतिले पठाउनुभएको शुभकामना सन्देश दिँदै विदेशसचिवले भारत राष्ट्रपति यादवको न्यानो स्वागतार्थ व्यग्र प्रतीक्षारत रहेको जानकारी गराउनुभयो । उहाँले प्रधानमन्त्री नेपाललाई भारतका प्रधानमन्त्रीको शुभकामना सन्देश पनि सुनाउनुभयो ।
पूर्वप्रधानमन्त्रीहरू र्सर्ूयबहादुर थापा, शेरबहादुर देउवा, पुष्पकमल दाहालसहित नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र मधेसी दलको प्रतिनिधित्व गर्ने नेताहरू तथा नेपालका अन्य राजनीतिक दलका नेताहरूलाई विदेशसचिव रावले भेट्नुभयो । भेटका अवसरमा उहाँले नेताहरूलाई नेपालको समावेशी बहुदलीय लोकतन्त्रको सुदृढीकरणका लागि संविधान निर्माणमा सहयोग तथा नेपालीले नेतृत्व गरेको शान्तिप्रक्रियाको सफलताका लागि भारतीय सहयोगको समेत आश्वासन दिनुभएको दूतावासले जनाएको छ ।
भारतका विदेशसचिवले नेपालका परराष्ट्रसचिवलाई सक्दो छिटो भारतको भ्रमण गर्न निमन्त्रणा दिनुभएको र परराष्ट्रसचिव मदनकुमार भट्टराई ले निम्तो स्वीकार गर्नुभएको बताइएको छ ।

भ्रष्ट कार्यकारी प्रमुखको सरुवापछि कर्मचारीमा खुसियाली
काठमाडौं महानगरपालिकामा बसेर करोडौँ भ्रष्टाचार गरी चर्चामा आएका कार्यकारी अधिकृत आनन्दराज पोखरेल सरुवामा परेका छन् । पछिल्लो साताको मन्त्रिपरिषद् बैठकले उनलाई क्षेत्रीय प्रशासन सर्ुर्खेत सरुवा गरे पनि पछि सूचना आयोगमा ल्याएको जनाइएको छ । महानगरपालिकामा रहँदा वडासचिवहरूको सरुवा र वडामा अधिकृत पठाउने कार्यमा प्रत्येक वडासचिवबाट दस लाखका दरले घुस असुलेको र काठमाडौंका विभिन्न स्थानमा आकाशेपुल बनाउँदा करोडौँ भ्रष्टाचार गरेको महानगरपालिकाका कर्मचारीहरूको कथन छ । पोखरेलले ठेकेदारहरूबाट एउटा बलेरो गाडीसमेत हात पारेको स्रोत बताउँछ ।
प्रधानमन्त्री नेपाल र एमाले महासचिवर् इश्वर पोखरेलको आशीर्वाद आफूलाई रहेकोले कसैले हटाउन नसक्ने गफ लगाउँदै आएका पोखरेल अचानक महानगरबाट हुत्तिएपछि उल्लेखित नेताहरूलाई धारेहात लगाएर सराप्दै अझै पनि महानगरपालिका नछोड्ने धम्की दिइरहेका छन् । एमाले महासचिवले आफ्ना मान्छेलाई भनेको ठाउँमा नराखिदिएको र स्थानीय विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीलाई नजराना चढाउन नसक्दा आफू सरुवामा परेको गुनासोसमेत उनले आफूनिकटकाहरूसँग गर्न थालेको सुनिन थालिएको छ । नैतिकता र कर्तव्यबोध भएका व्यक्ति भएका भए सरकारले तोकेकै दिनदेखि नयाँ जिम्मेवारीमा खटिनुपर्ने पोखरेल उल्टै प्रधानमन्त्री, नेता र सचिवहरूलाई सराप्दै काठमाडौं नछोड्ने धम्की दिएर कर्मचारीहरूमाझ आफ्नो कुण्ठा व्यक्त गर्दै थिए । महानगरपालिका अब भ्रष्टाचारको दोष खेप्नुपर्ने अवस्थाबाट मुक्त भएको भन्दै कर्मचारीहरूले खुसी प्रकट गरेका छन् ।

महिला उद्यमीको उत्थान गर्न सहमति
महिला उद्यमीहरूलाई सहज, सरल र सहुलियत तवरबाट ऋण उपलब्ध गराई उनीहरूद्वारा सञ्चालित साना तथा मझौला उद्यम व्यवसाय प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घअर्न्तर्गतको महिला उद्यमी विकास समिति र सनराइज बैंक लिमिटेडबीच सहमति भएको छ ।
महासङ्घका तर्फबाट समितिका सभापति भवानी राणा र सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानद्वारा हस्ताक्षरित चारबुँदे सहमतिपत्रमा साना तथा मझौला उद्यम व्यवसाय एवं महिला उद्यमीको क्षमता अभिवृद्धि गर्ने विषयमा दुवै पक्ष पूर्ण प्रतिबद्ध रही सहकार्य र साझेदारीमा कार्यक्रम अगाडि बढाउने, उद्योग प्रवर्द्धनको क्षेत्रमा गरिने तालिम र गोष्ठीलगायतका कार्यक्रममा सहभागिताका लागि एक पक्षले अर्को पक्षलाई पत्राचार र जानकारी गर्ने-गराउनेलगायत उल्लेख गरिएको छ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै राणा र प्रधानले मुलुकभित्र घरेलु तथा साना उद्यमीको विकासका लागि दुवै संस्था सहमतिअनुरूप एक भएर जाने विश्वास दिलाएका थिए । कार्यक्रममा घरेलु तथा साना उद्योग विभागका महानिर्देशक विष्णुप्रसाद अर्याल, उद्योग विभागका महानिर्देशक ढुण्डीराज पोखरेल, महासङ्घको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेत, महिला उद्यमी महासङ्घका अध्यक्ष छाया शर्मा र महासङ्घको महिला उद्यमी विकास समितिका सहसभापति सिर्जना राणाले सहमतिपत्रमा उल्लेख गरिएका विषयहरूको अक्षरशः कार्यान्वयनसहित महिला उद्यमीहरूले मुख्य रूपमा भोग्नुपरेको वित्तीय सुविधाको अभावको समस्यालाई समाधान गर्न सहमति कोसेढुंगा हुने विश्वास प्रकट गरेका थिए ।

सााहित्यिक कार्यक्रमको आयोजना
सामाखुसी साहित्य समाजद्वारा आयोजित विविध द्वैमासिक साहित्यिक कार्यक्रमको बाउन्नौँ शृङ्खला सामाखुसीस्थित नवोदित कलेजमा गत शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा ठाकुर शर्मा, ज्ञान उदास, डा. टीकाराम अधिकारी, बाबुराम पौडेल, अरुणबाबु खत्री ‘नदी’, गीता लामिछाने, शशी थापा पण्डित, सुबिसुधा आचार्यलगायत विभिन्न ४५ जना कवि-कवयत्रीहरूले आ-आफ्ना रचना पाठ गरेका थिए ।
कार्यक्रम रामप्रसाद पन्तको प्रमुख आतिथ्य र समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न
भएको थियो ।

सीसीक्यामेराले आलमको आँखा बिझाएपछि…
सवारीचालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षालाई पारदर्शी तुल्याउन जोडिएको सीसीटीभीको कारण यतिबेला यातायात व्यवस्था विभाग विवादित बन्न पुगेको छ । यातायातमन्त्री मोहम्मद आफताव आलम र उनका वरिपरि झुम्मिएर स्वार्थको डम्फु बजाउने भ्रष्ट कर्मचारीको एउटा संयुक्त जत्था पोखरास्थित ट्रायल ग्राउण्डको सीसीटीभी हटाउन मरिमेटेर लागिपरेको छ । ‘खर्चिलो र अव्यावहारिक भयो’ भन्दै त्यसलाई त्यहाँबाट हटाउन उक्त भ्रष्ट जत्थाले विभागलाई नकारात्मक दबाब दिँदै आएको छ ।
आफ्नो कमाइको स्रोत कटौती गर्न आएको भन्दै सीसीटीभीमाथि खनिन थालेका छन् मन्त्री आलम र भ्रष्ट कर्मचारीहरू । क्यामेरा हटाउन आदेश दिँदा पनि नमानेपछि यातायात व्यवस्था विभागका महानिर्देशक शरदचन्द्र पौडेल, विनोद अधिकारी र दीपक सुवेदीलाई आलमले जबर्जस्ती हटाएका थिए । त्यसपछि कामु महानिर्देशक बनाइएका अनिलकुमार गुरुङले पनि त्यही सीसी क्यामेराको सिकार बन्नुपर्‍यो । अनिल गुरुङपछि उपसचिव कृष्णप्रसाद दवाडीलाई कामु महानिर्देशक बनाई विभाग खटाइएको छ । अनिल गुरुङभन्दा जुनियर कर्मचारीलाई लाइसेन्स माफियाको दबाब तथा प्रभावमा परी कसलाई पठाउँदा सीसी क्यामेरा हट्छ भन्दै छानी-छानी विभाग पठाउन थालेका छन् मन्त्री आलमले ।
यतिखेर भने गैरजिम्मेवार मन्त्री, भ्रष्ट कर्मचारी र लाइसेन्स गिरोहको लक्ष्य पूरा हुनसक्ने अवस्था सिर्जना भएको बताइन्छ । त्यसलाई साथ दिन यातायात कार्यालय पोखराका प्रमुख कुमारप्रसाद दाहाललाईसमेत विभागमा सामेल गराइएको छ । दुईवर्षो कार्यकालका लागि पोखरा बस्दा चरम अनियमितता गरी प्रचुर आर्थिक आर्जन गर्न सफल दाहाल पटक्कै राष्ट्रिय भावना नभएका कर्मचारीका रूपमा चिनिन्छन् । आफ्नै कार्यालयभित्र ९० प्रतिशत काम गलत बाटोबाट हुन्छ भन्दै मिडियासमक्ष सार्वजनिक गर्ने दाहाल पोखरा बसाइलाई आर्थिक क्रान्तिको रूपमा परिणत गराउन सफल भएका थिए ।
नक्कली लाइसेन्सलाई वैधता दिनु, चोरी गाडी दर्ता गर्नु, कार्यालय हाताभित्र क्यान्टिन सञ्चालन गर्न दिँदा व्यापारीसँग मोटो रकम हातपार्नु, कार्यालयभित्रैको कोठा मेडिकल परीक्षणका लागि उपलब्ध गराउनु, कर्मचारीको मोटर राख्ने कोठालाई व्यापारिक प्रयोजन गर्न दिनु, अनधिकृत लेखनदासलाई कार्यालयमा खुल्ला चलखेल गर्न दिई कर राजस्व ठगी गर्नेलाई संरक्षण गर्नु, सार्वजनिक यातायात व्यवस्थापन समितिको निर्णयको खिलाफमा मोटो रकम लिई सार्वजनिक सवारी दर्ता गरी अनधिकृत लाभ लिनुलगायतका भ्रष्ट र अनियमित क्रियाकलापका लागि चिनिएका कुमारप्रसाद दाहाललाई मन्त्रालयले तानेर विभागको निर्देशक बनाई खटाइएको छ ।
गण्डकी यातायात कार्यालयमा रहँदा ठूला-ठूला र आँटिला काम गर्न सफल दाहाललाई यसपटक विभाग पठाएर दवाडीलाई रिझाएर सीसी क्यामेरा फाल्ने अवसर प्राप्त भएको छ । मन्त्री, भ्रष्ट कर्मचारी र लाइसेन्स गिरोहको दबाब प्रभावमा परेर दाहाल-दवाडी टिमले ठूलै गुन लगाउन सक्ने सङ्केत देखिएको छ । पोखरामा चरम विवादमा मुछिएर तानिएका दाहालले कारबाहीको सट्टा पुरस्कार पाएका छन् । दशैंलगत्तै मन्त्रालयले काजमा तान्दा सचिव दिनेश अधिकारीलाई ‘खुसी तुल्याएर’ केही दिनलाई काज स्थगित गर्न सफल भएका थिए । अन्ततः मन्त्रालयले तानेरै छोडेपछि मोटो रकम खर्चेर भए पनि विभागको निर्देशक बन्न पुगेका छन् । आफू जाने बेलामा पनि गण्डकी यातायातलाई आफ्नो पारिवारिक हण्डी सम्झेर आफूअनुकूलका व्यक्तिलाई उनले करार भर्ती गरेका छन् । यातायात मन्त्रालयका पूर्वसचिव बाबुराम आचार्यका छिमेकी सुरेश थापा र पर्वतकी सुशीला पौडेललाई लाइसेन्स शाखामा उनले करार भर्ती गरेका हुन् । तीभन्दा पुराना करार कर्मचारीलाई पाखा लगाएर गोप्य भर्ती गरेर हिँडेको कर्मचारीहरूको गुनासो छ ।
एउटा कार्यालयसमेत सम्हाल्न नसक्ने कर्मचारी कुमारप्रसाद दाहाललाई देशभरका १३ वटा अञ्चल कार्यालय हेर्ने जिम्मेवारी प्रदान गरिएबाट पनि मन्त्रालयको गैरजिम्मेवारीपन छरपष्ट भएको छ । आफ्नो भ्रष्ट रणनीति सफल पार्न वरिष्ठ उपसचिव अनिल गुरुङलाई पन्छाएर कनिष्ठ उपसचिव कृष्णप्रसाद दवाडीलाई महानिर्देशक बनाइनु आफैंमा विवादित विषय हो, त्यसबाट मन्त्री आलमले खुल्लमखुल्ला अनियमित धन्दा गर्न माहिर मानिएका दाहालको सहयोग अपेक्षा गर्नु स्वाभाविक नै ठानिएको छ । हिजोका दिनसम्म दाहालले एउटा अञ्चलले ९० प्रतिशतसम्म दुई नम्बरी धन्दा गर्दा गर्व गर्थे भने अब देशभरिबाट सतप्रतिशत अनियमित गर्ने छुट उनलाई प्राप्त भएको छ । अनियमिततालाई कारबाही गर्ने निकाय मन्त्रालय र विभागका नाइकेहरू स्वयम्मा भ्रष्ट भएपछि देशभरका यातायात कार्यालयहरूलाई उन्मुक्ति मिल्ने भएको छ । त्यसबाट धेरै भ्रष्ट कर्मचारीको मनोबल उकासिएको छ भने इमानदार राष्ट्रसेवकको मन रोएको अनुभूति गरिएको छ ।
– यदुनाथ बञ्जारा

उद्धारकर्ताहरू पुरस्कृत
प्यारामोटरमा उड्ने क्रममा दुर्घटनामा पर्दा आफ्नो उद्धार गरेकोमा फ्रान्सेली नागरिक जेम्स डेभिड वलान्सले सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन पोखरालाई नगद पुरस्कार प्रदान गरेका छन् । सोही गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रह्मचार्य, नेपाली सेनाको नयाँ गोरख गण र माछापुच्छ्रे गाविसका र्सर्ूय गुरुङलाई ५०/५० हजार रुपैयाँ पुरस्कारस्वरूप प्रदान गरेका छन् । उनले आफू स्वदेश फर्किएपछि एभीए क्लबका सञ्चालक स्टेफन श्रेष्ठमार्फत उद्धार कार्यमा सक्रियताका साथ लाग्ने सशस्त्र प्रहरी बल कालिका गण र नेपाली सेनाको उक्त गणलाई कुल १० लाख तथा माछापुच्छ्रे गाविसका स्थानीय बासिन्दालाई १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

युवा टाइगर्सका कार्यकर्ता पक्राउ
नेपाल माक्र्सवादी गणतान्त्रिक युवा टाइगर्स समूहका तीन कार्यकर्ता बाँकेमा हतियार र गोलीसहित पक्राउ परेका छन् । टाइगर्सका बाँके-बरि्दया सचिव विक्रम सिंह भन्ने कमलेशनन्द शर्मा, सोही समूहका बाँके अध्यक्ष अभियान सिंह भन्ने रहिस ढफाली र सदस्य सीताशरण बर्मालाई प्रहरीले गत ७ गते नेपालगञ्ज घरबारीटोलबाट कटुवा पेस्तोल, गोली, चन्दा रसिद, पम्प्लेटसहित प्रहरीले पक्राउ गरेको हो । टाइगर्ससँग संलग्न भई सङ्गठनको चन्दा रसिद र पर्चा पम्प्लेट छाप्ने कार्यमा संलग्न जयलक्ष्मी प्रिन्टि्रङ प्रेसका सञ्चालक राजेश भन्ने अनन्तराम सुनारसमेत प्रहरी फन्दामा परेका छन् ।

मातृकाद्वारा प्रचण्डलाई दनक
नेकपा माओवादीका नेता मातृका यादवले सामन्ती राजतन्त्रको अन्त्य भए पनि सामन्त, दलाल तथा नोकरशाही पुँजीपति वर्गको प्रतिक्रियावादी सत्तामा कुनै परिवर्तन नआएको अभिव्यक्ति दिएका छन् । १२बुँदे समझदारीलाई जनयुद्ध समाप्त गर्ने गलपासोका रूपमा व्याख्या गर्ने यादवले गत ८ गते माओवादी लडाकालाई प्रचण्डले सरकारको पोल्टामा हालिदिएकोप्रति असन्तुष्टि जनाउँदै उनले भनेका छन्, ‘यही माघ ८ गते साम्राज्यवादी-विस्तारवादी, घरेलु प्रतिक्रियावादी शासकहरू र प्रतिक्रियावादी वर्गको नयाँ चाकरको रूपमा आफूलाई उभ्याउँदै दक्षिणपन्थी संशोधनवादी बाटोमा तीव्र गतिमा प्रस्थानरत् एमाओवादी नेतृत्व मिलेर जनमुक्ति सेनालाई विशेष समितिको मातहतमा राखेर रूपमा मात्रै बाँकी रहेको जनयुद्धको शान समाप्त गरेर उदाङ्गो हुन पुगेको छ । आफ्ना हातखुट्टा काटेर दौड प्रतियोगितामा जान्छु भन्नुजस्तै जनसेना, जनसत्ता, जनसरकार र जनअदालत विघटन गरेर विद्रोह गर्छर्ुुन्नु जनता तथा कार्यकर्तालाई मूर्ख बनाउनुबाहेक अरू केही होइन । यसले माक्र्सवाद-लेनिनवाद-माओवादका सामान्य विद्यार्थी पनि एमाओवादी नेतृत्वले क्रान्तिको नेतृत्व गर्छ भन्ने कुराबाट भ्रममुक्त भएको हुनुपर्छ ।’

‘माओवादीलाई बिचलित गराउन खातुनको हत्या
जनतान्त्रिक तराई मधेशी मुक्ति मोर्चा -भगत सिंह) नामक समूहले आफ्नो एक होनहार नेताको हत्या गरेको दाबी माओवादीले गरेको छ । गत सोमबार साँझ एकिकृत नेकपा -माओवादी) भोजपुरा राज्य समिति सदस्य रुक्साना खातुनको गोली हानी हत्या गरिएको थियो ।
सो पार्टीका प्रवक्ता दिनानाथ शर्माले प्रेस विज्ञप्ति जारी गर्दै मधेशमा भएका श्रंृखलाबद्ध हत्याका घटना एकीकृत नेकपा -माओवादी)ले लिएको राष्ट्रिय स्वाधीनता, शान्ति र संविधानलेखनप्रतिको अडानबाट त्रसित भई उक्त प्रक्रियाबाट विचलित गराउन गरिएको षड्यन्त्र भएको आरोप लगाएका छन् । सो षड्यन्त्र कसले गरेको भन्नेचाहिँ विज्ञप्तिमा खुलाइएको छैन । उक्त घटनाको निन्दा र भत्र्सना गर्दै रुक्साना खातुनलार्इर्र्शहीद घोषणा गरी मृतकका परिवारलाई उचित क्षतिपूर्ति अबिलम्ब उपलब्ध गराउन र हत्यामा संलग्न अपराधीलाई कारबाही गर्न पनि माओवादीले सरकारसँग माग गरेको छ ।
यसैबीच माओवादी लडाकु विशेष समितिको मातहतमा रहन आएकोमा मानव अधिकार संयुक्त मंचका संयोजक चरण प्रर्साईंले सरकार र माओवादी नेतृत्वलाई वधाई तथा धन्यवाद दिएका छन् । यस कार्यलाई महत्त्वपूर्ण र साहसिक ऐतिहासिक कार्यको संज्ञा दिँदै यसले संविधान निर्माणको प्रक्रियालाई गति दिनुको साथै शान्ति प्रक्रिया छिट्टै एउटा सही निष्कर्षमा पुग्ने विश्वास पनि उनले समस्त मानवाधिकारकर्मीका तर्फबाट व्यक्त गरेका छन् ।