एकीकरणको नाममा दुई कार्यदल बनाउने तयारी

जटिल बन्दै एमाले-माओवादी एकीकरण प्रक्रिया

एमाले र माओवादी केन्द्रबीच जारी पार्टी एकीकरण प्रक्रिया झन् जेलिन पुगेको छ । आज बालकोटस्थित ओली निवासमा बसेको एमाले स्थायी कमिटीको बैठकले पार्टीको विचारधारा तथा सैद्धान्तिक पक्षको बीचमा सहमति निर्माण गर्न एउटा र संगठनात्मक कामको संयोजन एवं व्यवस्थापन गर्न अर्को गरी दुईवटा कार्यदल बनाउने निर्णय गरेपछि एकीकरण प्रक्रिया झन् जटिल बन्दै गएको महसुस गरिएको हो ।

एमालेले छिट्टै पार्टी एकता गर्नका लागि दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको तर्क दिइए पनि विश्लेषकहरुले यसलाई एकता प्रक्रियामा उत्पन्न ढिलासुस्तीको रुपमा बुझेका छन् ।

सोमबार बालकोटस्थित एमाले अध्यक्ष ओलीको निवासमा उनकै अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठक अपराह्न ४ बजे शुरु भए पनि राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्नुपर्ने भएकोले राती अबेरसम्म जारी रहने बुझिएको छ ।

प्रतिक्रिया






1 Shares
Share1
Tweet
+1
Share