प्रदेश नं. ६ को मूख्यमन्त्री ओहदा खिचातानीमा

तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

प्रदेशका मूख्यमन्त्रीमा एमाले र माओवादी केन्द्रबीच ‘चार/दुई’मा भागबण्डा मिलेको भनिए पनि भागबण्डाअनुसार प्रदेश नम्बर ६ माओवादीलाई दिन नसकिने सो प्रदेशको एमाले संसदीय दलले निर्णय गरेको छ । प्रदेश सदस्यको सपथ खाएको भोलिपल्ट वीरेन्द्रनगरमा सम्पन्न भएको एमाले प्रदेश ६ को संसदीय दलको बैठकले मुख्यमन्त्री पद माओवादीलार्इ छोड्न नसकिने निचोड निकालेको हो ।

उक्त प्रदेशमा जम्मा सदस्य संख्या चालिस रहेकोमा एमालेको मात्रै बीस सिट रहेको छ । तर, प्रदेश नं. ६ मा माओवादीको उपस्थिति बलियो मानिन्छ । यही तर्कका आधारमा माओवादीले यहाँ आफूले मूख्यमन्त्री पाउनुपर्ने जिकीर शुरुदेखि नै गर्दै आएको थियो । एमालेको प्रदेश संसदले गरेको निर्णयविपरीत माओवादीको अडान कायम रहेको छ । अर्थात्, प्रदेश ६ को मूख्यमन्त्री माओवादी केन्द्रकै हुनुपर्ने सो पार्टीले जिकीर गरेको छ ।

दुई दलबीच एकीकरण प्रक्रिया चलिरहेको परिवेशमा प्रदेश नं. ६ मा देखिएको यस प्रकारको असमझदारीले केन्द्रसम्म असर पर्न सक्ने भन्दै दुवै पार्टीका एक तहमा चिन्ता प्रकट गरिए पनि एमाले प्रदेश नं. ६ ले आफ्नो निर्णय फिर्ता लिने कमै सम्भावना रहेको बताइन्छ ।

तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया






1 Shares
Share1
Tweet
+1
Share