गुणस्तरीय डण्डी (छड) को खोजी

गुणस्तरीय डण्डी (छड) को खोजी


निर्माणका क्रममा डण्डीलाई मेरुदण्ड नै मानिन्छ । यसले समग्रमा भवन तथा कुनै पनि संचनाको सम्पूर्ण भारवहन गर्नुपर्ने भएको कारण पनि यसको महत्व बढी भएको हो ।

भूकम्पपछिको निर्माणका क्रममा निर्माण सामग्रीबारे जनमानसमा चासो र चिन्ता बढेको दखिन्छ । निर्माणमा करोडौंको लगानी त हुन्छ नै साथै आफू र आफ्नो परिवारको सुरक्षाको प्रत्यक्ष सम्बन्ध हुने भएका कारण पनि निर्माण सामग्री प्रतिका चासो बढेको हो ।

भूकम्पपछि नेपालमा डण्डी उत्पादक कम्पनीहरुको संख्या पनि बढ्दै छ । बढ्दो संख्याका कारण उपभोक्तालाई छनौट सुविधा हुने उद्योगीहरुको भनाई छ । उनीहरुका अनुसार हाल नेपालमा वार्षिक ११ लाख टन डण्डीको माग हुने गरेको छ । जगदम्बा स्टिल्स प्रा. लि.का निर्देशक आनन्द नेपालका यो माग भूकम्पका कारण सिर्जित माग हो । पूनर्निर्माणको कार्य सकिए पनि यस्तै माग रहिरहनेमा शंका गर्छन् । नेपाल भन्छन्, ‘विकास निर्माणको गतिमा कुनै किसिमको अवरोध नहुँदा यो ढङ्गले वृद्धि हुने हो । अन्यथा यसमा भर पर्न सकिँदैन ।’

गुणस्तरको प्रसङ्ग :
अरुण तेश्रो आउने चर्चा हुँदा नेपालमा २५–३० वटा कम्पनीले आउने इच्छा देखाएका थिए । त्यस मध्ये केही आए पनि धेरै जसो सि एण्ड वेटको अवस्थामा थिए । भूकम्प पछि सायद लगानीका लागि उपयुक्त देखेर नै डण्डी उत्पादनसम्बन्धी कम्पनीको संख्या बढ्दै छन् । कम्पनीको संख्या बढ्दैमा गुणस्तर नबढ्ने हुँदा उपभोक्ता पनि सँगै सचेत हुनु पर्नेमा निर्देशक नेपालको जोड रहेको छ । नेपाल नाप तौल तथा गुणस्तर नियन्त्रण विभागका अनुसार ५०० ग्रेड डक्टिलिटी भएको ५०० डि अंकित डण्डी छान्नु उत्तम हुन्छ । यस्ता डण्डीमा प्रयोग गरिने संमिश्रण सफा, शुद्ध र स्तरिय हुन्छन । नेपाल भन्छन् ‘जस्ता डण्डीको डक्टिलिटी क्षमता बढी हुन्छ ।’ लाइफ स्पानका लागि ४७५ ब्लेडको नै प्रयोग गर्नु पर्छ ।

डण्डीमा निर्माणका क्रममा प्रयोग गरिएको संमिश्रण कार्बन, सल्फर तथा फस्फोरसको मात्रा नेपाल नाप तौल तथा गुणस्तर नियन्त्रण विभागले तोकिदिएको मापदण्डअनुसार हुनैपर्ने नियमअनुसार भए नभएको नियमन गर्ने निकायको सक्रियताका बारेमा भने प्रायः प्रश्न हुने गरेको छ । विभागका प्रमुख विश्वबाबु पुडासैनी यो बढी प्राविधिक कुरा भएका कारण उपभोक्ताले विभागको अनुगम टोलीमाथि नै विश्वास गर्नु पर्ने बताउछन् ।

यसकारण उत्तम हुन्छ लचकदार डण्डी

– आनन्द नेपाल (निर्देशक, जगदम्बा स्टिल्स प्रा. लि.)

० नेपालमा हरेक निर्माण सामग्रीको बजार बढेको देखिन्छ यस क्रममा सिमेन्टको अवस्था के छ ?
– पक्कै पनि भूकम्पपछिको पुनर्निर्माणको क्रममा निर्माण सामाग्रीको बजार बढेको छ । वार्षिक ११ टनको माग भएको डण्डीको प्रयोग आवसिय भवनहरु भन्दा पनि विकास निर्माणका आयोजनामा बढेको देखिन्छ । यसको अर्थ आवासीय भवनहरुमा चाहिँ छैन भन्न खोजेको होइन । भूकम्पका कारण अति प्रभावित १४ जिल्लालगायत अन्य ठाउँमा पनि घर निर्माणको काम अगाडि बढेका छन् ।

० विकास निर्माणको कुरा गर्नुभयो यस्ता गतिविधिले बजारलाई उत्साहित बनाएको छ ?
– बजारको मागअनुसार वार्षिक ८ प्रतिसतले माग थपिने विश्लेषण छ । विकास निर्माणको गतिमा कुनै किसिमको अवरोध नहँुदा यो ढंगले वृद्धि हुने हो । अन्यथा यसमा भर पर्न सकिँदैन । कुनै किसिमको बन्द–हड्तालले पनि निर्माण उद्योगलाई नै प्रभाव पार्ने हो । यसर्थ रिक्स छैन भन्न सकिँदैन । बिज्नेस हो रिक्स लिन सक्नुपर्छ ।

० तर डण्डी उत्पादन गर्ने कम्पनीको संख्या त बढ्दैछन् ?
– हो । डण्डी उत्पादन गर्ने कम्पनीहरुको संख्या त थपिँदै छ । नयाँ ७–८ वटा नयाँ कम्पनीले शुरु गर्दैछन् । यस्तै उत्साह अरुण तेश्रो आयोजना शुरु हुन्छ कि भन्ने समयमा पनि भएको थियो । तर विभिन्न कारणले शुरु गर्न सकेनन् । अहिले शुरु गर्ने तरखरमा छन् । त्यो राम्रो हो, तर बजारमा मागको अवस्था के हुने नहुने कुरामा पनि ध्यान दिनुपर्ने देखिन्छ ।

० तपाईंको मतलव नयाँका लागि बजार हुन सक्दैन भन्ने हो ?
– म त्यसो भन्दिनँ । बजार विस्तार होला तर ठूलो लगानी छिट्टै असुली हुने गरी हुनेमा चाहिँ शंकै छ । किन भन्नुहुन्छ भने, भूकम्पका कारण डण्डीको माग जुन भोलुममा बढेको छ, सधैं यस्तै रहदैन । अहिले भारतबाट धेरै आयात भएको देखेर बजार ठूलो छ भन्नु भ्रमपूर्ण हुनेछ । नेपालमा भैरहेका स्टिल उद्योगले फुल भोलुममा उत्पादन गर्न सकेका छैनन् । इन्धन, म्यानपावर तथा अन्य विभिन्न कारणले भैरहेको उद्योगले पूर्ण मात्रामा उत्पादन गरेका छैनन् । यसको अर्को कारण माग पनि हो । नेपालमा स्टिलको मागमा कुनै स्थिरता छैन ।

० अहिले नेपालको बजारमा भारतीय डण्डी धेरैतिर देख्न पाइन्छ तर, तपाईं नेपाली उद्योगीलाई निरास हुने कुरा गर्नुहुन्छ ?
– मैले आफ्नो विचार भन्दैमा कोही निरास हुनु पर्दैन, जाने बुझेको कुरा भनेको हो । भूकम्पका कारण सिर्जित नेपालको निर्माण बजारमा वार्षिक ११ लाख टन स्टिलको माग छ । जगदम्बा लगायत अहिले भैरहेका नेपालका स्टिल उद्योगको उत्पादन क्षमता १६ लाख टन प्रतिवर्ष छ । यहाँ बुझ्नुपर्ने कुरा के हो भने, भूकम्पका कारण सिर्जित नेपालको निर्माण बजारमा स्टिलको माग अब आउँदो वर्षमा पनि यहि होला ? विचारणीय कुरा नै यही हो ।

० अब जगदम्बाको प्रसंगमा कुरा गरौँ, जगदम्बाले भूकम्पपछि कस्तो डण्डीको उत्पादनलाई जोड दिएको छ ?
– जगदम्बा स्टिल्सको विषयमा भन्नु पर्दा, नेपालमा उत्पादित डण्डीहरु मध्ये सबैभन्दा बलियो र उत्कृष्ट डण्डी हो । २०७३ सालबाट उत्पादन थालिएको यो उद्योगबाट नेपाल गुणस्तर चिन्ह प्राप्त डण्डीको उत्पादन गर्दै आएको छ । हाम्रो दाबी यो छ कि, यस डण्डीले अन्तर्राष्ट्रिय मापदण्ड पनि पुरा गरेको छ ।

० त्यो कसरी ?
– मैले यो बलियो र उत्कृष्ट छ भनेँ । यसको अर्थ के हो भने यो नेपालमा उत्पादन भैरहेको अन्य डण्डीभन्दा बढी ग्रेडको छ । सामान्यतया नेपालमा डि फर्म ३०० ग्रेड, टोर अथवा कोल्ड टुष्टिङबार ४१५ग्रेडका मात्र छन् । तर हाम्रो राइनो ५०० डि नामको डण्डी ५०० ग्रेडको उत्पादन गरेका छौं । यसमा प्रयोग गरिने संमिश्रणको मात्रा अरु भन्दा फरक र विशेष हुन्छ । जसका कारण डण्डी बढी बलियो, शुद्ध र लचकदार हुने गर्छ ।

० डण्डी बलियो र शुद्ध त हुनैपर्छ तर लचकदारचाहिँ किन हुनु पऱ्यो नि ?
– हेर्नोस् भूकम्पपछि सबै जना निर्माण सामग्रीप्रति सजग र सचेत भएका छन् । सजग र सचेत उपभोक्तालाई थाहा भएको कुरा हो कि, डण्डीको स्तरीयता मापन गर्ने नै लचकतामा हो । तपाईले प्रयोग गर्ने डण्डी कति डक्टिलिटीको हो जान्न पाउनु तपाईको अधिकार हो । यसका लागि इन्जिनियरले पनि सहयोग गर्छन् । लचकताले भारवहनमा कमजोर हुने भ्रम पनि छ । तर खास त्यस्तो होइन । यसले भूकम्प जस्ता ठूला झट्काबाट घरको मुख्य संरचनामा असर पर्नबाट जोगाउँछ ।