१२ स्वर्ण सहित मध्यमाञ्चललाई तेक्वान्दो उपाधि

१२ स्वर्ण सहित मध्यमाञ्चललाई तेक्वान्दो उपाधि


राखेप च्याम्पियनसीप अन्तर्गतको छैटौ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मध्यमाञ्चलले पहिलो स्थान हात पारेको छ । धनकुटाको हिलेमा सम्पन्न प्रतियोगितामा मध्यमाञ्चलले १२ स्वर्ण, ३ रजत र ४ काश्य पदक हात पारेको थियो । यसैगरी, दोश्रो भएको पश्चिमाञ्चलले ५ स्वर्ण, ४ रजत र ६ काश्य पदक जित्यो । तेश्रो भएको पूर्वाञ्चलले तीन स्वर्ण, ८ रजत तथा ६ काश्य पदकमै सिमित रहेको थियो ।

क्योरोगीको ४६ किलो तौल समुहमा पूर्वाञ्चलकी विनिता घिमिरे, ४९ मा पश्चिमाञ्चलकी दिना तामाङ, ५३ मा पश्चिमाञ्चलकी पार्वती पाण्डे र ५७ मा पूर्वाञ्चलकी सुनिता तामाङले स्वर्ण पदक जितेका थिए । ६२ मा मध्यमाञ्चलकि कुसुम पौडेल, ६७ मा पश्चिमाञ्चलकि समिक्षा राना, ७३ मा मध्यमाञ्चलकी अस्मिता रिजाल र ७३ किलो भन्दा माथिको तौल समुहमा मध्यपश्चिमकी उमा सोमैले स्वर्ण माथि कब्जा जमाएका थिए ।

५४ किलो तौल समुहमा पश्चिमाञ्चलका तपन कुमार केवट, ५८ मा मध्यमाञ्चलका सुरेन्द्र कुवर, ६३ मा पूर्वाञ्चलका शुक्र विक र ६८ मा पश्चिमाञ्चलका प्रेम बहादुर नेपाली पहिलो भए । ७४ मा मध्यपश्चिमका सुजन रोकामगर, ८० मा मध्यमाञ्चलका सविपिन राज सिंह, ८७ मा सुदुर पश्चिमका डम्बर बोहरा र ८७ किलो भन्दा माथिको तौल समुहमा मध्यमाञ्चलका मान बहादुर वाइवा स्वर्ण जिते । पुरुषमा पश्चिमाञ्चलका केवट र महिलामा पुर्वाञ्चलका सुनिता उत्कृष्ट खेलाडी घोषित भए ।

पुम्सेको महिला १८ देखि उमेर समुहमा मध्यमाञ्चलकी सबिना खड्का, १५ देखि १७ बर्ष जोडीमा सोही टोलीका श्रीजना महतो र अमर दराइ, १८ देखि ३० बर्ष उमेर समुहको जोडीमा बजुर लामा र रबिना खड्का पहिलो भए ।
१८ बर्ष माथिको समुहमा दिनेस सुनार, सुमित लामा राजन गमाल पहिलो भए । १८ बर्ष माथिको महिला समुहमा गंगा कार्की, सपना लिम्बु र निम्सुंग लिम्बु पहिलो भएका थिए ।

विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष शिब कोइराला र महासचिव राजकुमार कार्की लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।