करणीको अभियोगमा पक्राउ

करणीको अभियोगमा पक्राउ


जबर्जस्ती करणी गरेको अभियोगमा रामेछाप मन्थली नगरपालिका–६ घर भई काठमाडौ महानगरपालिका–८ फोर्सपार्क बस्ने २१ वर्षीय लेकलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले रामेछापको फुलासी पोखरी घर भई काठमाडौँ महानगरपालिका–७ बस्ने १३ वर्षीया बालिकालाई आइतबार उनकै कोठामा जबर्जस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।