अब आफ्नो खातामा जुनसुकै बैंकबाट पनि पैसा जम्मा गर्न पाइने

अब आफ्नो खातामा जुनसुकै बैंकबाट पनि पैसा जम्मा गर्न पाइने


अब आफ्नो खातामा जुनसुकै बैंकबाट पनि पैसा जम्मा गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था लागू गर्न सबै बैंक तथा वित्तीय संस्थाहरुलाई हालै निर्देशन गरेको हो ।

परिपत्र जारी गर्दै उसले भनेको छ ‘जुनसुकै बैंक तथा वित्तीय संस्थाका शाखाबाट आफ्नो खातामा नगद जम्मा हुनेगी एनसिएचएल आइपिएस प्रणाली कार्यान्वयन गर्नुपर्नेछ ।’

विद्यमान सीमाभित्रकै सुरक्षा प्रणाली अपनाएर यसरी नगद जम्मा गर्न सकिनेछ । ग्राहकको पहिचान तथा पुष्टि हुन सक्ने विवरण हालको व्यवस्था बमोजिम नै बैंकहरुले राख्नुपर्नेछ। एक लाखभन्दा बढी जम्मा गर्दा जम्मा गर्नेको परिचयपत्रको प्रतिलिपी र प्रयोजन खुलेको हुनुपर्नेछ ।

भौचरमा खाता रहेको बैंकको नाम, शाखा, खाता नम्वर, खातावालाको नाम, जम्मा गर्ने व्यक्तिको नाम र रकमको विवरण उल्लेख हुनुपर्नेछ ।

यसरी जम्मा गरेको रकमको निस्सा अहिलेजस्तै गरी बैंकहरुले दिनुपर्नेछ । यसरी अर्को बैंकबाट रकम जम्मा गर्दा लाग्नसक्ने शुल्कबारे पहिले नै ग्राहकलाई जानकारी गराउन राष्ट्र बैंकले भनेको छ । शुल्कको सम्वन्धमा भने बैंकहरुलाई नै अधिकार दिइएको छ ।