राष्ट्रिय ब्याडमिन्टनमा सेनाको दबदबा

राष्ट्रिय ब्याडमिन्टनमा सेनाको दबदबा


नेपाली सेनाका दिदीभाइ नङशल तामाङ र रत्नजित तामाङले आफ्नो उपाधि जोगाएका छन् । सुदूरपश्चिमाञ्चलमा आयोजित राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसीपअन्तर्गत ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एकलतर्फ च्याम्पियन बनेपछि उपाधिको रक्षा गरेका हुन् ।

महिला एकल तर्फको खेलमा सेनाकि नङ्गशलले एपिएफकी शिक्षा श्रेष्ठलाई २१–१३, २१–१४ले सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेकि हुन् । नङ्गशलको यो तेश्रो लगातार तेश्रो उपाधि हो । यस्तै टिम ईभेन्टसको एकल प्रतिस्पर्धामा एपिएफका दिपेशसंग हार ब्यहोरेका रत्नजितले ब्यक्तिगत स्पर्धामा दिपेशलाई पराजित गर्दै आफ्नो उपाधिको रक्षा गरेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाएका रत्नले दोश्रो र तेश्रो सेट जितेर उपाधिको रक्षा गरेका हुन् ।

विभगिय टोलीको दवदवा रहेको प्रतियोगिताको पुरुष डबल्समा पनि सेनाका रत्नजित तमाङ र नविन श्रेष्ठको जोडीले एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीलाई २१–१९, २१–१४ पराजित गर्दै स्वर्ण हात पारेका थिए । धामी र थापामगरको जोडीले टिम ईभेन्ट्को पुरुष जोडी तर्फको खेलमा पराजित गर्न सफल भएका थिए । पुरुष टिम ईभेन्ट्समा एपिएफले स्वर्ण हात पारेको थियो ।
महिला जोडी तर्फको प्रतिस्पर्धामा पनि सेनाले जित निकाल्यो । सेनाका नङ्गशल र अनुमाया राईको जोडीले एपिएफका पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीलाई २१–१९, २१–१५ ले पाखा लगाएका थिए । मिक्स डबल्स तर्फपनि सेनालेनै विजय पायो । सेनाका तामाङ्ग दिदिभाईले एपिएफका विजित थापा मगर र शोभा गौचनको जोडीलाई १६–२१, २१–१९ र २१–१० ले पराजित गर्दै सेनाको लागि थप स्वर्ण जोडेका थिए । सेनाले यस प्रतियोगितामा सात मध्ये ६ स्वर्ण आफ्नो कब्जा जमाएको थियो ।

पाँच विकास क्षेत्र र तीन विभागिय टोलीको सहभागिता रहेको प्रतियोगितामा पुरुष– महिला, एकल तथा जोडी, मिक्स जोडी र पुरुष– महिला टिम ईभेन्टस गरि ७ स्वर्णका लागि पाँच विकास क्षेत्र र तीन विभगिय टोलीबाट ७ पुरुष र ५ महिला गरि कुल ५६ पुरुष र ३५ महिला खेलाडीहरुको सहभागिता जनाएका थिए । जसमा पुलिस टिमले महिला टिम ईभेन्टसमा सहभागिता जनाएको थिएन ।