राष्ट्रिय सभा निर्वाचनको नामावलीमाथि छानबिन हुर्दै

राष्ट्रिय सभा निर्वाचनको नामावलीमाथि छानबिन हुर्दै


राष्ट्रिय सभा निर्वाचनको नामावलीमाथि आज छानबिन हुर्दैछ । आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागी प्रकाशित नामावलीमाथी निर्वाचन आयोगले आज छानबिन गर्ने भएको हो ।

बिहान १० बजेदेखी भोली साँझ ५ बजेसम्म नामावलीमाथि परेका दाबी बिरोध तथा उजुरीमाथि छानबिन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

छानबिन सकेर मंगलबार साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने अयोगको तयारी छ । राष्ट्रिय सभा निर्वाचनका लागी स्थानीय तहका १ हजार ५ सय ६ र ५ सय ५० प्रदेश सभा सदस्य गरी कुल २ हजार ५६ मतदाता रहनेछन् । निर्वाचन कार्यक्रम अनुसार बुधवार उमेद्वारले मनोनयन दर्ता गराउने छन् ।