भाषा विवाद भएपछि ११ प्रदेश सांसदले हिन्दीमै सपथ खाए !

भाषा विवाद भएपछि ११ प्रदेश सांसदले हिन्दीमै सपथ खाए !


दुई नम्बर प्रदेशका ११ सांसदले हिन्दी भाषमै सपथ लिएका छन् । सपथ लिने बेलामा विवाद भएपछि उनिहरुले हिन्दी भाषमै सपथ लिएका हुन् । सपथको  व्यहोरा नेपालीमा रहेका कारण केही सांसदले आफू अनुकूलको नभए सपथ नलिने अडान लिएपछि त्यहाँ चार भाषामा सपथ गराइएको बताइएको छ ।

जेष्ठ सदस्य लगनलाल चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट नेपालीमा सपथ लिए । र, उनले पनि अन्य सदस्यलाई नेपालीमै सपथ गराउने तयारी गरेपछि प्रदेशसभाका बहुसंख्यक सदस्यले सपथ नलिने भन्दै विरोध गरे ।

विवादपछि चौधरीले सपथको व्यहोरा नेपालीमा भन्ने र सदस्यहरुले आफू अनुकूलको भाषा प्रयोग गर्ने मध्यमार्गी सहमति भयो । जसअनुसार राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधित्व गर्ने ११ सांसदले हिन्दी भाषामा शपथ लिए । तर, सपथ पत्र भने नेपालीमै दस्तावेजिकरण गरिएको छ । राजपाका जितेन्द्र सोनलसहित उपेन्द्र महतो, सुरिताकुमारी साह, डा. रिना यादव, रानीकुमारी तिवारी, रामनरेश राय, अल्का झा, नवलकिशोर साह, डिम्पलकुमारी झा, विश्वेश्वरप्रसाद यादवसहित ११ सांसदले हिन्दीमा सपथ लिएका हुन् ।

प्रदेश नम्बर २ का १०७ मध्ये ११ सांसदले हिन्दी, ४७ ले मैथली, २५ ले भोजपुरी र २४ जनाले नेपालीमा सपथ लिएका छन् । दुई नम्बर प्रदेशका अधिकांशले मैथली र भोजपुरी भाषा बोल्ने भएपनि केही सांसदले हिन्दीलाई प्रोत्साहित गरेपछि सरकारी कामकाजको भाषा के बनाउने भन्ने विवाद प्रदेशसभामा पनि उठ्ने देखिएको छ ।