करोडौंको कारोबार गर्दै म्याग्दी महोत्सव सम्पन्न

करोडौंको कारोबार गर्दै म्याग्दी महोत्सव सम्पन्न


छैटौँ म्याग्दी महोत्सव तथा माघेसङ्क्राान्ति मेला एवं ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला करिब रु आठ करोडको कारोबार गर्दै आइतबार राति सम्पन्न भएको छ ।

‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन भएको महोत्सवमा करिब एक लाख ८५ हजार दर्शकले अवलोकन गरेको वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल संयोजक उत्तमकुमार कर्माचार्यले बताए ।

अपेक्षा गरेभन्दा करिब २५ हजार बढी दर्शक आएको बताउँदै महोत्सवले जिल्लाका उत्पादनको बजारीकरणका साथै सम्भावनाका क्षेत्रमा लगानीको वातावरण बनाएको बताए । महोत्सवस्थलभित्र राखिएका स्थानीय उत्पादन, आयातीत वस्तु राखिएका स्टलसमेत अधिकांश रित्तै भएको बताउँदै व्यापारिक दृष्टिकोणले समेत महोत्सव सफल भएको आयोजकले दाबी गरेको छ । महोत्वसमा जिल्लाका ६ वटै स्थानीय तहमा उत्पादन हुने वस्तुको छुट्टै स्टल राखिएको थियो ।

महोत्सवमा जिल्लामा उत्पादित कृषि उपज, पर्यटन र जडीबुटीलाई मुख्य प्राथमिकता दिइएको थियो ।

गलेश्वर–मालढुङ्गा नियमित जलयात्रा (¥याफ्टिङ) सञ्चालन गरिने

यसैगरी, प्रसिद्ध धार्मिकस्थल म्याग्दीको गलेश्वरधामबाट पर्वत र बागलुङको सिमाना मालढुंगासम्म कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ (जलयात्रा) सञ्चालन हुने भएको छ ।

छैटौँ म्याग्दी महोत्सवका अवसरमा फोर हिमालय म्याजिक कम्पनीले पुस २८ देखि जलेश्वरदेखि बेनीबजारको थकाली सेवा समाजको घरसम्म सञ्चालन गरेको ¥याफ्टिङ प्रभावकारी र स्थानीयवासीले अभिरुचि देखिएपछि व्यवसायी यसलाई नियमित गर्न इच्छुक देखिएका हुन् । राससका अनुसार ¥याफ्टिङ एशोसिएशन अफ पोखरा (नारा)सँग समन्वय गरी म्याग्दी उद्योग वाणिज्य संघ, नगरपालिका र स्थानीय बासिन्दासँग सहकार्य गरेर आफ्नो कम्पनीले गलेश्वर–मालढुङ्गा रुटमा नियमित जलयात्रा गर्न इच्छुक रहेको व्यवसायी देव रेग्मीले बताए ।