केजरीवालका बीस सांसद अयोग्य ठहरिएपछि…

केजरीवालका बीस सांसद अयोग्य ठहरिएपछि…


भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य ठहराएको छ । उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद रहेका छन् ।

भारतीय निर्वाचन आयोगले २० जना सांसदका विरुद्धमा कारबाहीका लागि सिफारिस गरेकोमा राष्ट्रपति रामनाथ कोविन्दले उनीहरूको पद खारेज गर्न अनुमति दिएका छन् । अयोग्य घोषित गरिएका सांसदहरुमा आदर्श शास्त्री, अल्का लामा, अनिल वाजपेई, अवतार सिंह, कैलाश गहलौत, मदनलाल, मनोज कुमार, नरेश यादव, नितिन त्यागी, प्रवीण कुमार, राजेश गुप्ता, राजेश ऋषि, संजीव झा, सरिता सिंह, सोम दत्त, शरद कुमार, शिवचरण गोयल, सुखबीर सिंह, विजेंद्र गर्ग र जरनैल सिंह रहेका छन् ।

दिल्ली संसदका ७० जना सांसदमध्ये आम आदमी पार्टीका मात्रै ६५ जना सांसद रहेका छन् । सन् २०१५ पछि पार्टी शक्तिमा आएपछि नियुक्त भएका उनीहरुमाथि यस्तो कारवाही भएपछि आम आदमी पार्टीको सरकारमाथि गम्भीर चुनौती खडा भएको छ । अयोग्यताका कारण कारबाहीमा परेर सांसद पद खाली भएपछि उनीहरुको ठाँउमा ६ महिना भित्रमा निर्वाचन मार्फत् पदपुिर्त गर्नुपर्ने व्यवस्था रहेको छ ।