युवा उद्यमी मनिष अग्रवालको निधन

युवा उद्यमी मनिष अग्रवालको निधन


लुम्बिनी पिचनी कारखानालगायतका उद्योगसँग जोडिएका युवा उद्यमी मनिषकुमार अग्रवालको निधन भएको छ । रक्त अर्बुदरोगको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा ४५ वर्षीय मनिषको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं एचपी ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक स्व. अग्रवालका श्रीमती र एक छोरा छन् ।