एमाले नेता पोखरेललाई खुल्यो प्रदेश नं. ५ को मुख्यमन्त्री बन्ने बाटो

एमाले नेता पोखरेललाई खुल्यो प्रदेश नं. ५ को मुख्यमन्त्री बन्ने बाटो


नेकपा एमाले प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा शंकर पोखरेल चयन भएका छन् । आइतबार सपथ ग्रहणलगत्तै एमाले पार्टी कार्यालय बुटवलमा बसेको एमाले संसदीय दलको बैठकले पोखरेललाई नेता चयन गरेको हो । यसबाट पोखरेल यस प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित मानिएको छ ।

प्रदेशको एमाले संसदीय दलको बैठक जेष्ठ सदस्य कमल श्रेष्ठको अध्यक्षतामा बसेको थियो । सो बैठकमा वैजनाथ चौधरीले दलको नेताका रुपमा पोखरेलाई प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई लिला गिरीले सर्मथन गरेका थिए । सबै प्रदेश सदस्यहरुले ताली बजाएर पोखरेललाई नेताको रुपमा सर्मथन जनाएका थिए ।

संसदीय दलको नेता चयन भएपछि नेता पोखरेलले प्रदेश नम्बर ५ लाई प्राचीन तथा ऐतिहासिक हिसाबले अत्यन्त महत्वपूर्ण रहेको भन्दै योजनाबद्ध रुपमा विकास गर्न सकेमा समृद्ध र बलियो प्रदेश बनाउन सकिने बताए । आफ्नो ध्यान प्रदेशको विकासमा केन्द्रीत हुने भन्दै त्यसका लागि जनचाहनालाई योजनाबद्ध विकासमा समेटेर अघि बढ्ने प्रतिबद्धता उनले जनाए ।

– चन्द्रकान्त खनाल