‘काली भन्या छैन…’ भन्दै भावनाको पछि लागे पुष्प

‘काली भन्या छैन…’ भन्दै भावनाको पछि लागे पुष्प


‘काली भन्या छैन मैले…’ बोलको गीत सार्वजनिक भएको छ । मोडल पुष्प खड्का र भावना राईलाई फिचरिङ गरिएको काली भन्या छैन मैले गीतको भिडियो सार्वजनिक भएको हो ।

हिमाल सागरले गाएको गीतको भिडियोमा मानिसले कतिपय अवस्थामा जानेर या नजानेर पनि गल्ती गर्ने गरेका हुन्छन् । यस्ता गल्तीहरू मान्छेले मान्छेलाई गर्ने सम्बोधनमा पनि हुने गरेका हुन्छन् । त्यस्तो सम्बोधनमा अर्को व्यक्तिले चासो लिएन भने त ठिकै हो तर अर्को व्यक्ति रिसाइदियो भनेचाहिँ खुलेर स्पष्टीकरण नदिई धरै पाईंदैन । यस्तै एउटा बाध्यताको सामना गरेको देखाउन खोजिएको छ यस गीतमा ।

व्यस्त गायक तथा सङ्गीतकार ताराबीर पाण्डेको सङ्गीत तथा सर्जक दिलीप घिमिरेको शब्दमा तयार गरिएको उक्त गीतको भिडियो ओएसआर डिजिटलको युट्युवबाट सार्वजनिक भएको छ । गीतको एरेञ्ज विनोद रसाइलीले गरेका हुन् ।

जनकराज अधिकारीको छायाँकनमा राघव आचार्यले निर्देशन गरेको भिडियोको सम्पादन तुलसी बास्कोटाले गरेका हुन् । अडियोको रेकर्डिङसहित भिडियोको बजार व्यवस्थापन स्डुडियो यमनले गरेको छ ।