महिला पुरुष हक्कीमा आर्मी च्याम्पियन

महिला पुरुष हक्कीमा आर्मी च्याम्पियन


नेपाल आर्मीले राखेप च्याम्पियनसिपअन्तर्गत १७ औं पुरुष तथा दोश्रो महिला राष्ट्रिय हक्की प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । पुरुष, महिला दुवैमा च्याम्पियन बनेको आर्मीको महिला टिम गत संस्करणमा भने उपविजेता बनेको थियो । पुरुषमा भने डिफेन्डिङ च्याम्पियन आर्मीले उपाधि रक्षा गर्न सफल भयो ।

हेटौंडामा भएको पुरुष फाइनलमा आर्मीले साविक उपविजेता सुदूरपश्चिमाञ्चललाई २–१ गोलले पराजित ग¥यो । आर्मीका दीपेन्द्र ऐर र प्रदीप राजवंशीले १–१ गोल गरे । सुदूरपश्चिमाञ्चलका राजेन्द्र कार्कीले सान्त्वना गोल गरे । पश्चिमाञ्चल तेश्रो भयो ।

महिलाको उपाधि भिडन्तमा आर्मीले मध्यमाञ्चललाई ४–० गोलले सहजै पराजित गरेको थियो । आर्मीका सीता चौधरीले २ तथा पिंकी सिन्जाली र सीतामाया बलले १–१ गोल गरे । डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिमाञ्चल तेश्रोमा सीमित भयो । सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई सडन डेथमा पाखा लगायो । निर्धा्रित ७० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

पुरुषमा पूर्वाञ्चलका मनोज चौधरी तथा महिलामा आमीकी सीतामाया बल उत्कृष्ट खेलाडी चुनिए । माघ १ गते सुरु प्रतियोगिताको पुरुषमा ५ विकास क्षेत्र र आर्मी गरी ६ टिम सहभागी थिए । महिलामा मध्यपश्चिमाञ्चल बाहेक ४ विकास क्षेत्र र आर्मीसहित ५ टिमले भाग लिएका थिए ।