५ नम्बरका प्रदेश सांसदले शपथ लिए

५ नम्बरका प्रदेश सांसदले शपथ लिए


प्रदेश नम्बर ५ का प्रदेशसभा सांसदले शपथ लिएका छन् । उद्योग बाणिज्य संघको सभाहलमा बुटवलमा शपथ ग्रहण समारोह भएको हो ।

प्रदेश प्रमुख उमाकान्त झाले पदबहाली गरेर सांसदको शपथ गराउनुभएको हो । ५ नं प्रदेशमा प्रत्यक्ष निर्वाचित ५२ जना र समानुपातिकतर्फ ३५ गरी जम्मा ८७ जना सांसदले शपथ लिएका हुन् ।