काठमाडौँदेखि सुर्खेतसम्म दौडिए विदेशी नागरिक

काठमाडौँदेखि सुर्खेतसम्म दौडिए विदेशी नागरिक


ब्लिन्क नाउ फाउण्डेन्सनको आर्थिक सहयोगमा कोपिला भ्याली सेवा समाजद्वारा संचालित कोपिला भ्याली स्कुल अनाथ, असहाय बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले स्थापित संस्था हो । हाल यस बिद्यालयमा ३ सय ७० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

ब्लिन्क नाउ फाउण्डेन्सनका थुप्रै दाताहरु मध्ये बेलायती नागरिक डान फुरलोङ एक हुन । जो एक ब्यापारी, शारीरिक सुगठन प्रशिक्षक, प्रेरणादाई बक्ताको रुपमा कार्य गर्दै आएका छन् । उनीलगायत उनको परिवारले कोपिला भ्यालीका धेरै बालबालिकाहरुलाई सहयोग गर्दै आएका छन ।

व्यापारी बुबा एन्डीले बन्दै गरेको विद्यालय भवन निर्माणको परामर्शदाता, विद्यार्थी तथा कर्मचारीलाई व्यवस्थापन सम्बन्धि तालिमहरु तथा आर्थिक सहयोग गर्दै आएका छन् । साथै आमाले विद्यालयका शिक्षकहरुलाई प्रभावकारी शिक्षणका लागि तालिमहरु दिंदै आएकि छिन् । डानले हालै बालबालिका लागि एउटा बस किनेर सहयोग गरेका छ्रन् ।

डानले कोपिला भ्याली स्कुललाई सहयोग गर्ने उद्देश्यले चन्दा सङ्कलन गर्न काठमाण्डौंदेखि सुर्खेतको कोपिला भ्यालीसम्म दुरी दौडेर पुरा गरेका छन् । उनलाई काठमाण्डौंवाट सुर्खेत पुग्न १८ दिन लागेको थियो । उनले दिनमा ३५ किमी ६०० किमीको दौड पुरा गरेका हुन ।

डान काठमाण्डौंदेखि सुर्खेतसम्म दौडेर आउने पहिलो विदेशी नागरिक हुन् । दौड पुरा गरेपछि उनलाई सुर्खेतका प्रमुख जिल्ला अधिकारी दोसल्ला ओढाई स्वागत र सम्मान गरेका थिए । उनीसंग उन उनका बुबा एन्डी, प्रशिक्षक डेन र तिन जना ड्राइभर यस दौडमा संलग्न थिए ।