७ नम्बर प्रदेशसभा सदस्यको सपथ ग्रहण स्थगित

७ नम्बर प्रदेशसभा सदस्यको सपथ ग्रहण स्थगित


प्रदेश नम्बर ७ का प्रदेशसभा सदस्यको सपथ ग्रहण स्थगित भएको छ । बिहान ११ बजे सपथ ग्रहण कार्यक्रम तय गरिए पनि प्रदेश प्रमुख मोहन मल्ल धनगढी आइनपुगेकाले दिउँसो २ बजे सम्मलाई कार्यक्रम स्थगीत गरिएको हो ।

खराब मौसमका हवाई उडान हुन नसकेपछि प्रदेश प्रमुख मल्ल सडकमार्ग हुँदै धनगढीको यात्रामा छन् ।
प्रदेश प्रमुख मल्ल धनगढी पुगेपछि सचिवालयमा उपस्थित गराईने कार्यक्रम छ । सचिवालयमा पदबहाली गरेपछि मात्र सपथको कार्यक्रम सुरु हुनेछ । जिल्ला समन्वय समितिको सभाहलमा सपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

प्रदेश प्रमुखले प्रदेशसभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसकी समानुपातिक सांसद दिव्यश्वरी साहलाई सपथ ग्रहण गराउने र ज्येष्ठ सदस्यले अरु सदस्यहरूलाई सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।