एकता प्रक्रियालाई अघि बढाउन संयोजन समितिको बैठक डाकियो

एकता प्रक्रियालाई अघि बढाउन संयोजन समितिको बैठक डाकियो


एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अघि बढाउन दुवै पार्टीका अध्यक्षहरुले अन्तिम कसरत गरिरहेको बेला आज संयोजन समितिको बैठक डाकिएको छ ।

पार्टी एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक आज दिउँसो ३ बजे एमाले अध्यक्ष ओली निवास बालकोटमा बस्न लागेको हो ।

बैठकले दुई पार्टी एकताको टुंगो लगाउन कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् । यसअघि शनिबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शक्रबार र शनिबार भएको छलफलमा पार्टी एकता, राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकार गठन लगायतका विषयमा कुराकानी भएको थियो ।

आजको बैठकमा यसअघि गठन भएको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनका विषयमा तयार पारेको प्रतिवेदन पेश गर्नेछ । सो प्रतिवेदन एकता संयोजन समितिको बैठकमा छलफलपश्चात पारित गर्ने तयारी भएको छ ।

त्यस्तै नेताहरुबीच एकीकृत पार्टीको सामाजिक न्याय र समानतासहितको कार्यदिशा अनुसार अघि बढ्ने सहमति भैसकेको नेताहरु बताउछन् ।