राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र, आज मतदाता नामावली प्रकाशन गरिने

राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र, आज मतदाता नामावली प्रकाशन गरिने


निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र पार्दै मतदाताको नामावली प्रकाशित गर्ने भएको छ ।

आयोगले आज प्रदेश सदस्यहरुको सपथपछि मतदाताको नामावली प्रकाशन गर्ने भएको हो । राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ ।

५५० जना प्रदेश सांसद् र ७६६ स्थानीय तहका प्रमुख र उपप्रमुखले मत दिएर राष्ट्रियसभा सांसद् निर्वा्चित गर्ने संवैधानिक व्यवस्था छ । उनिहरुको मतभार ४८ हुनेछ भने स्थानीय तहका प्रमुख र उपप्रमुख १५०६ जनाले मतदान गर्नेछन् उनीहरुको मतभार १८ हुनेछ । यसरी राष्ट्रिय सभा निर्वाचनका मतदाता दुई हजार ५६ जना हुनेछन् ।

आगामी माघ २४ मा राष्ट्रियसभा सदस्य चुनावको मिति तय गरेको आयोगले प्रदेश सांसद्को शपथपछि मतदाता नामावली सार्वजनिक गर्न लागेको जनाएको छ ।

५९ सदस्यीय राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट आठआठ निर्वाचित हुनेछन् भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।