४० प्रतिशत हकप्रद सेयर बिक्री गर्दै प्रभु

४० प्रतिशत हकप्रद सेयर बिक्री गर्दै प्रभु


प्रभु बैंक लिमिटेडले ४० प्रतिशत हकप्रद सेयरको बिक्री शुरु गरेको छ । बैंकले आज आइतबार अर्थात माघ ७ गतेदेखि खुल्ला शेयर बिक्री शुरु गरेको हो ।

बैंकका अनुसार प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको जनाएको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने ब्यवस्था मिलाएको बताएको छ ।

छन् । पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।