अन्तरबैंक व्याजदर तीन प्रतिशत तल झर्‍यो, २ अर्ब खिच्दै राष्ट्र बैंक

अन्तरबैंक व्याजदर तीन प्रतिशत तल झर्‍यो, २ अर्ब खिच्दै राष्ट्र बैंक


अन्तरबैंक व्याजदर तीन प्रतिशत भन्दा तल झरेपछि नेपाल राष्ट्र बैंकले आज आईतबार दुई हप्ते निक्षेप बोलकबोल मार्फत दुई अर्ब रुपैयाँ खिच्ने भएको छ ।

बाणिज्य बैंकहरु कर्जायोग्य लगानी रकम अभाव भएर कर्जा प्रवाह गर्न नसकिरहेको अवस्थामा राष्ट्र बैंकले बोलकबोल मार्फत दुई अर्ब रुपैयाँ खिच्ने भएको हो ।

राष्ट्र बैंकले पछिल्लो समय लागू गरेको व्याजदर करिडोर प्रणाली अनुसार वित्तीय बजारको अवस्था हेरी तरलता प्रवाह गर्ने वा खिच्ने रणनीति अनुसार अन्तर बैंक व्याजदर तीन प्रतिशत तल झरेपछि दुई अर्ब रुपैयाँ खिच्ने तयारी थालिएको राष्ट्र बैंकले जनाएको छ ।