आज प्रदेश सांसदहरुको सपथ ग्रहण गराइदै

आज प्रदेश सांसदहरुको सपथ ग्रहण गराइदै


आज आइतबार ७ वटै प्रदेशका प्रदेश सांसदहरुलाई पद तथा गोपनीयताको सपथ खुवाइनेछ । प्रदेश प्रमुखहरुले निर्बाचन आयोगले दिएको समयसीमाभित्रै प्रदेश सांसदहरुको सपथ गराउन लागेका हुन् ।

निर्वाचन आयोगले पनि सबै प्रदेशका सांसदहरुको सपथ ग्रहण तोकिएकै समयसिमा भित्र सम्पन्न हुने जनाएको छ । आयोगका अनुसार आइतबार बिहान ११ बजेभित्र सबै प्रदेशसभाका सांसदहरुलाई सपथ ग्रहण गराउने सहमति भएको छ । सबै प्रदेशको अस्थायी राजधानीमा प्रदेशसभाका सदस्यलाई सपथ गराइने निर्बाचन आयोगले जनाएको छ ।

सपथ ग्रहणको सुरुमा प्रदेश प्रमुखले प्रदेशसभाका सांसदमध्ये सबैभन्दा ज्येष्ठ सदस्यलाई पद तथा गोपनीयताको सपथ खुवाउने र त्यस लगत्तै ज्येष्ठ सदस्यले प्रदेशसभाका सदस्यहरुलाई सपथ खुवाउने कार्यक्रम तय भएको बताइएको छ ।