सिपाघाटमा एनसीसी बैंकको शाखा

सिपाघाटमा एनसीसी बैंकको शाखा


काभ्रेपलाञ्चोकको भण्डन देउपुर नगरपालिका–६, सिपाघाटमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. को नयाँ शाखा खुलेको छ । उक्त शाखाको सूचना तथा सञ्चारमन्त्री एवम् बैंकका पूर्वसञ्चालक मोहनबहादुर बस्नेतले आज उद्घाटन गरेका छन् ।

मन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित बैंक शाखा उदघाटन समारोहको सभापतित्व बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले गरेका थिए भने बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सिपाघाट क्षेत्रमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी गराएका थिए ।

सो समारोहमा मण्डन देउपुर नगरपालिकाका प्रमुख एवं स्थानीय निकायका जनप्रतिनिधिहरूले एनसीसी बैंकको शाखा स्थापनाको स्वागत गर्दै बैंक तथा सिपाघाट क्षेत्रका सर्वसाधारण जनताबीच सुमधुर सम्बन्ध रहने प्रतिक्रिया दिएका थिए ।