‘खो खो’मा डिफेन्डिङ च्याम्पियन आर्मी पराजित

‘खो खो’मा डिफेन्डिङ च्याम्पियन आर्मी पराजित


राखेप च्याम्पियनसिपअन्तर्गत तेश्रो राष्ट्रिय खो खो प्रतियोगिताको महिलामा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी सेमिफाइनलमै रोकिएको छ ।

रुपेन्देहीमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा गत संस्करणमा तेश्रो भएको सुदूरपश्चिमाञ्चलले आर्मीलाई ‘सडन डेथ’मा पराजित गरेपछि आर्मीको यात्रा सेमिफाइनलमै पूर्ण्विराम लागेको हो । निर्धारित समयको खेल १४–१४ को बराबरीमा सकिएको थियो ।

दोश्रो सेमिफाइनल मध्यमाञ्चल मध्यपश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । दोश्रो सेमिफाइनलको विजेताले सुदूरपश्चिमाञ्चलसंग उपाधिका लागि भिड्ने छ ।
पुरुषमा डिफेन्डिङ च्याम्पियन आर्मी र सुदूरपश्चिमाञ्चलले उपाधि भिडन्त पक्का गरेका छन् । सेमिफाइनलमा आर्मीले मध्यमाञ्चलमाथि ११–१ को सहज जित दर्ता ग¥यो ।

प्रतिस्पर्धात्मक खेलमा कठिन जित हात पार्ने क्रममा सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई ८–७ ले पाखा लगाएको थियो । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।