भाषा नतिखारे ज्यान पाल्ने मात्रै हो अमेरिकामा

भाषा नतिखारे ज्यान पाल्ने मात्रै हो अमेरिकामा


सानुबाबु सिलवाल

अवसर र स्वतन्त्रताको मुलुक अमेरिकामा तपाईं-हामी कतिले जिउ मात्रै पाल्ने काम गर्दैछौँ ? भाषा नजाने अवसर तपार्इंबाट टाढै छ अमेरिकामा, अवसरको मुलुक भनेर जतिसुकै घोके पनि, रटे पनि । अमेरिकामा आफ्नो आवश्यकता अभिव्यक्त गर्ने, समृद्धि र समुन्नतिको सपना बुन्ने, पूरा गर्ने र आफ्नो क्षमताको सेल गर्ने माध्यम नै भाषा हो। मैले यसो भनिरहँदा तपार्इंहरु मसँग सहमत हुनुहुन्छ​ ? मात्र मेरो कुतूहल !

अमेरिकाको अवसरप्राप्तिको मह चाट्ने र केकको हेर्दैमा रहरलाग्दो क्रिमको स्वाद भनेकै अमेरिकाको अङ्ग्रेजीलाई भन्दिए भयो । जसले जानेको छ अङ्ग्रेजी भाषा उसलार्इ खान र दिनचर्यामा खासै टाउको दुख्दैन अमेरिकामा।

अमेरिकाको आवाज अङ्ग्रेजीलाई अवसरको आइरन गेटको नाम राखिदिँदा पनि आपत्ति हुनेछैन​। अङ्ग्रेजी भाषाबिना भोगिने हेजिटेशन​, ह्म्युमुलियशन​, हेट सुन्दैमा दर्दनाक शब्दहरु हुन् र कन्फिडेण्ट​, लिडरसिप​, कमाण्ड​, क्वालिटी, स्किल र रेस्पेक्ट यिनका भर्सेस पनि।

भाषा नहुँदा ठगिने, ह्युमिलियटेड हुनुपर्ने, ज्ञानको अभावमा दुःख पाउने, झन्झटिलो हुने, तनाव हुने र हैरानि खेप्नुपर्ने हुन्छ अमेरिकामा। अङ्ग्रेजी भाषाको अभावमा थुप्रै नेपालीले अवसर मात्र नभई अमेरिकामा प्राप्त हुने प्रिभिलेज पनि गुमाउन पुगे। शोषित मात्रै बनेनन् गुणात्मक जीवनशैलीको मार्गबाट टाढिन पुगे आम अधिकांश नेपाली समुदाय अमेरिकामा। कस्ले बोल्छ उनका लागि ? दोष भाषा नजान्नुमा होइन सिक्ने र जान्ने प्रयास नै नगर्ने गलत मतिले बिग्रिए नेपाली अमेरिकामा।

नेपाली समुदायका माझमा बसेर, गाडीमा, बाटामा नेपाली दोहोरी गीत कानमा घन्काएर अमेरिकामा भाषा जानिन्न र सिकिन्न पनि । र, यस्तो पाराले अमेरिकाको फड्को मारिरहेको जीवनशैली र प्रविधिमा नेपाली बिक्न नसक्ने र टिक्न नसक्के परिस्थिति जन्मदै छ अर्कोतिर। अङ्ग्रेजी भाषा सिक आफुलार्इ गुणात्मक र प्रोफेशनल बनाउ, अमेरिकामा त्यतिबेला मात्रै रियल अमेरिकाको क्रिमको स्वाद प्राप्त गर्नेछौ नत्र जिउ पाल्ने बाहेक केहि हुनेवाला छैन अमेरिकामा भन्दा रत्तिभर अत्युक्ति हुने छैन।

जानेको छैन भने जानेको छैन भन्न किन अप्ठेरो मान्ने ? के बिग्रन्छ भाषा जानेको छैन भन्दा ? लाज लाग्छ तपाइँलाइै भाषा नजानेको भन्दा ? लाजले तपार्इंको कदलार्इ ओरालो मात्रै लगाउँदैन, नजानेको कुरा नौटङ्कीमा बिताउँदा अरु थुप्रै हन्डरको सामाना गर्नुपर्ने हुन्छ।

अमेरिका अङ्ग्रेजी, अवसर, आर्थिक, अग्रसरता, आवश्यकता, अनुशासन, अनेकता, अनुभूति, अभीष्ट, अहमता र अनुभव जस्ता ूअू नै ूअू ले भरिएको आफ्नै र थुप्रै विविधताले सम्पन्न मात्रै छैन यहाँ जिउने र जीवन यापनका क्रममा थुप्रै चुनौती, समस्याका साथसाथै गर्न सक्नेलाइ प्रचुर अवसरहरु पनि यत्रतत्र छरिएका छन् भन्दा भयो। मात्र तिनलार्इ टिप्न ढङ्ग, तरिका, परिश्रम र अलिकति कमन सेन्स अर्थात विवेक जरुरी छ भन्दा अति सारो नहोला। हेर्दा ख्यालख्याल जस्तो, हेर्दा सानोतिनो गन्नै नपर्ने जस्तो, भन्दा र सुन्दा लाज मान्नुपर्ने, अलिकति हीनताबोध हुने जस्तो, जानेजस्तो गर्नुपर्ने जस्तो, भाँचिएको र नमिलेको मन जस्तो, अभिब्यक्तिमा असजिलो र पसिना काढ्नु पर्ने र हिँडाइ कछुवा जस्तो छ अवसर टिप्ने र प्राप्तिका लागि अमेरिकामा ।

कुरा अझै सिधा नै गरौँ होला। अमेरिकामा अवसर टिप्न अङ्ग्रेजी सिक्न, बोल्न, लेख्न र पढ्न सकेमा भर्याङ पहिलो खुड्किलो पार गरेको ठाने भयो। अङ्ग्रेजी भाषा युनिभर्सल भाषा नजान्नुमा अपराध चाहिँ होइन। सिक्नु र जान्नुमा आफ्ना आवश्यकता, अप्ठेरा, असजिलोपन र आफ्ना अभिब्यक्ति निर्धकताका साथ गाँठो मात्र फुकाउनु होइन कि जीवनलार्इ अझ सहज बनाउने, जीवनलार्इ गुणात्मकता दिने, राम्रा अवसरप्राप्ति गर्ने, आत्मविश्वास बढाउने तथा बढ्ने, इमर्जेन्सी बाहेक अरुको सहायताका लागि अपेक्षा गरिरहनु नपर्ने, काम, ब्यवसाय, घर, सम्पत्ति, खरिदबिक्री, कन्ट्रयाक्ट, सम्झौता, लिज तथा सामन्यतया अङ्ग्रेजी भाषामा लेखिएका कागज तथा हिँड्दा बोल्दा, कारोबार गर्दा आदि इत्यादिमा विशेषत अमेरिकामा बसेपछि अङ्ग्रेजी जान्नु जरुरी छ।

यति मात्रै होइन कार्यथलोमा श्रम शोषण, अन्याय, भायोलेशन, ठगिने तथा प्राप्त हुने बेनेफिट तथा राहत भाषा नजान्दा गुम्ने हुन सक्छ। सामान्य अङ्ग्रेजी भाषाका अभावमा अमेरिक िभूमिमा सामन्यतया कानुन, नियम, नीति, सुविधा तथा समयमा भैपरि आउने घटनाक्रमको अज्ञानताले पछि मात्रै परिँदैन कि कहिलेकाहीँ समस्या र परिबन्दमा पर्न सकिन्छ। यसर्थ, अमेरिकामा नबस्नु, बसेपछि अङ्ग्रेजी भाषा सिक्नु र जान्नु जरुरी छ। आवश्यकता, आत्मविश्वास, अवसर र अभ्यस्तताका लागि अङ्ग्रेजी भाषा सिकेको राम्रो। लाज लाग्ने, हिनताबोध र पछाडि फर्कने बानिले भाषा सिकिँदैन।

अमेरिकनहरु कन्फिडेन्ट छन्। ऊनीहरु आँखामा आँखा जुधाएर कुरा गर्नलार्इ माहिर छन्। यसो नगरे टाउको निहुर्याएर आँखामा नहेरेर गरेको कुराकानीलाइै अपराध कन्फेसनको रुपमा, मनोवैज्ञानिक रुपमा कमजोर ठान्दछन् । भाषा जान्दा यो रोगको उपचार सहज छ। भाषा नजान्दा, नबुझ्दा र सिक्न र जान्नका लागि अब कसो गर्ने त ? उत्तर सजिलो छ। नजिकैको भाषाकेन्द्र वा कम्युनिटी कलेज, स्कुलहरुमा भर्ना हुने, घरमा परिवारका सदस्यहरुसँग अङ्ग्रेजीमै सक्दो अन्तर्क्रिया गर्ने, टिभी हेर्ने, गाडीमा छँदा एफएममा हुने अन्तरक्रिया, छलफल सुन्ने, अङ्ग्रेजी गितहरु सुन्ने, अमेरिकामा आफ्ना स्कुल वा कलेज जाने बच्चाहरुसँग अङ्ग्रेजीमा बोल्ने र प्रयास गर्ने, पत्रिकाहरु पढ्ने र जतिसक्दो बोल्न प्रयास गरेमा भाषामा प्रगति गर्न वा सिक्न सकिन्छ। एउटा ज्वलन्त समस्या चाहिँ के हो भने नेपाली बालबालिकाहरुलाई नेपाली भाषा र अधिकांश बाबुआमालार्इ अङ्ग्रेजी भाषाको समस्या देखिएको छ। सहजपुर्ण जीवन र छरिएर रहेको अवसर सदुपयोगका लागि अङ्ग्रेजी भाषा सिकी आफुलार्इ थप आत्मविश्वासी र थप कर्मठ अनि जीवनशैलीलाई अझै गुणात्मक बनाउन सकिन्छ । यसको निम्ति आजैबाट लागिपरौँ अमेरिकी प्रवासमा।