दुवै तेक्वान्दो संघको राष्ट्रिय प्रतियोगिता माघ ४ गतेदेखि

दुवै तेक्वान्दो संघको राष्ट्रिय प्रतियोगिता माघ ४ गतेदेखि


राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता माघ ४ गते बिहीबारदेखि सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा हुने भएको छ ।

प्रतियोगिताको ग्योरोगी र पुम्सेमा गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल तेक्वान्दो संघका निर्देशक रामशरण अधिकारीले जनाएका छन् । पुरुष/महिलाको ग्योरोगीतर्फ समान ८–८ तथा पुम्सेमा समान ३–३ स्पर्धमा भिडन्त हुनेछ ।

ग्योरोगीतर्फ पुरुषमा ५४ केजीुमनि, ५८ केजीुमनि, ६३ केजीुमनि, ६८ केजीुमनि, ७४ केजीुमनि, ८० केजीुमनि, ८७ केजीुमनि र ८७ केजीुमाथि तौलसमूहमा खेल हुनेछ । महिलामा ४६ केजीुमनि, ४९ केजीुमनि, ५३ केजीुमनि, ५७ केजीुमनि, ६२ केजीुमनि, ६७ केजीुमनि, ७३ केजीुमनि र ७७ केजीुमाथि स्पर्धा समावेश छन् । १४–१६ वर्ष, २० वर्षमुनि र २० वर्षमाथि पुरुष/महिलाको एकल पुम्सेमा प्रतिस्पर्धा हुनेछ ।

तीनदिने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमबाट १ सय ७६ खेलाडी सहभागी हुने निर्देशक अधिकारीले जानकारी दिए । राखेप च्याम्पियनसिपअन्तर्गत उपत्यकामा हुने तेक्वान्दो अन्तिम प्रतियोगिता हो ।

त्यस्तै राष्ट्रिय तेक्वान्दो संघ–नेपालको राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पूर्वान्चलको धनकुटामा हुँदैछ । राखेप अन्तर्गत संचालित राखेप च्याम्पियनसिप तेक्वान्दोे माघ ४ देखि ६ गतेसम्म धनकुटामा संचालन हुनेछ । राष्ट्रिय तेक्वान्दो संघले हालै क्षेत्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको थियो । तिनै क्षेत्रिय प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुविच धनकुटामा आयोजना हुने राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा हुने उक्त कुराको जानकारी संघका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।

२९ खेल समावेश राखेप च्याम्पियनसिपमा हालसम्म २२ खेलका राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ । हक्की (हेटौंडा), खो खो (रुपन्देही), उसु (इटहरी), राष्ट्रिय तेक्वान्दो (धनकुटा), ब्याडमिन्टन (कञ्चन्पुर) र सफ्ट टेनिस (विराटनगर) सम्पन्न हुन बाँकी छ । महिला फुटबल सम्पन्न भएपनि पुरुष फुटबल (दाङ) भने सकिएको छैन ।