सांसदको सपथ नखाँदै मनाङे जेल जाने

सांसदको सपथ नखाँदै मनाङे जेल जाने


डनबाट एकाएक सांसद बन्न पुगेका दीपक मनाङेको खुशी पानीको फोकाजस्तै बनेको छ । मनाङबाट प्रदेश सांसद चुनिएका मनाङेलाई सर्वोच्च अदालतले पुरानो एक ज्यानसम्बन्धी मुद्दामा पाँच वर्ष जेल सजाय सुनाएपछि सांसद बनेर संसदमा रोव जमाउने मनाङेको सपना तुहिएको हो ।

ज्यानसम्बन्धी मुद्दामा यसअघि नै पुनरावेदन अदालत पाटनले उनीविरुद्ध सजाय सुनाएको थियो । तर, फैसला चित्त नबुझेपछि उनले सर्वोच्चको ढोका ढक्ढकाएका थिए । मनाङे विरुद्ध सर्वोच्चमा दर्ता भएको मुद्दामा पुनरावेदन अदालतले गरेको फैसलालाई नै सर्वोच्चले सदर
गरेको हो । सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले उनलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पाँच वर्ष जेल सजाय सुनाएको छ । अब सांसदको सपथ नै नलिई मनाङेको पद निलम्बनमा पर्ने भएको छ ।