काठमाडौंमा सपथ नखाने उदघोष

काठमाडौंमा सपथ नखाने उदघोष


राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् प्रदेशसभा सदस्य सुरेश मण्डलले काठमाडौंमा पदको शपथ नलिने घोषणा गरेका छन् । सिरहा क्षेत्र नं. ४ ‘ख’ का प्रदेशसभाका सदस्य मण्डलले सरकारले संघीयता असफल बनाउन कदम चालेको आरोप लगाउँदै यसलाई चुनौती दिन काठमाडौंमा सपथ खुवाइए बहिष्कार गर्ने चेतावनी दिएको बुझिएको छ ।

‘आफ्नै प्रदेशमा शपथ खान्छु, आफ्नो प्रदेशभन्दा बाहिर गएर शपथ खान्न, यदि सरकारले जबर्जस्ती काठमाडौमा सथपग्रहण गराउन खाज्यो भने बहिष्कार गर्छु’, उनले भने । राजपा नेपालका सहमहामन्त्री समेत रहेका मण्डलले प्रदेश नम्बर २ भित्रै सपथ लिने कार्यक्रम बनाउन माग राख्दै अन्यथा मधेशकेन्द्रित दलले शपथ कार्यक्रम बहिष्कार उदघोष गरे ।

संघीयता कार्यान्वयन गर्ने मुख्य कडीका रुपमा लिइएको प्रदेशसभा गठनको सुरुको चरण नै कार्यान्वयन नगरेकोमा नेता मण्डलले रोष प्रकट गरेका हुन् । उनका अनुसार काठमाडौंमा शपथ खुवाउनु भनेको संविधान र संघीयताको मूल मर्ममाथि नै प्रहार गर्नु हो, संघीयतालाई सुरुदेखि नै कार्यान्वयन गर्न प्रदेशसभा सदस्यलाई सम्बन्धित प्रदेशमा शपथ खुवाउनुपर्छ नत्र बहिष्कार गर्नुको विकल्प छैन ।

ज्ञात रहोस्, चुनावको मुखमा निर्वाचन अधिकृतहरुलाई मधेस पस्दा हेलमेट लगाएर मात्र पस्न चेतावनी दिने यिनै मण्डल हुन्

यसैबीच लामो समयदेखि त्रिभुवन विश्वविद्यालय अध्ययन संस्थान लगायतका क्षेत्रमा आरक्षणका लागि संघर्ष गर्दै आएका मधेशी विद्यार्थी संगठनहरु सफलता पाउने बाटोमा अग्रसर भएका छन् । आरक्षणका लागि पटकपटक आन्दोलित र सम्झौतासमेत गर्दै आएका मधेशी विद्यार्थीहरुको हकमा सर्वोच्च अदालतले फैसला गरेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानमा विगत कयौं वर्षदेखि राज्यले अंगीकार गरेको र संविधानमा व्यवस्था भएको राज्यको हरेक निकायमा ४५ प्रतिशत आरक्षणको व्यवस्था गर्नुपर्दछ भनि मधेशी विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् । आरक्षण आन्दोलनका नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका राष्ट्रिय जनता पार्टी नेपालका विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्रले सर्वोच्चको आदेश स्वागत योग्य रहेको बताएका छन् ।