काङ्ग्रेसले बोलायो केन्द्रिय कार्यसमिति बैठक

काङ्ग्रेसले बोलायो केन्द्रिय कार्यसमिति बैठक


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि नेपाली काङ्ग्रेसले पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । चुनावी समीक्षा गर्दै पार्टीलाई चुस्त दुरुस्त तुल्याइनु पर्ने भन्दै केही नेताहरुले केन्द्रीय कार्यसमिति बैठक, महासमिति बैठक र महाधिवेशन बोलाउन माग गरिरहेका बेला काङ्ग्रेसले यही माघ ४ गते (पर्सी विहीबार) विहान ११ बजेका लागि कार्यसमिति बैठक बोलाएको हो । बताइएअनुसार बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्नेछ । बैठकमा तत्काल राष्ट्रियसभा निर्वाचनमा केन्द्रित हुने र त्यसपछि चुनावमा भएको पराजयको समीक्षालगायत अन्य एजेण्डामा छलफल गरिने बुझिएको छ ।