द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने


बहुचर्चित काठमाडौं–निजगढ द्रुतमार्गको डीपीआर सेना आफैं बनाउने भएको छ ।

जंगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सेनाले आयोजनाको डीपीआर आफैं बनाउने बताएको हो ।

डिटेल इन्जिनियरिङ गर्न आह्रवान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिने आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले बताए ।

भारतले आफ्नो डिपिआर प्रतिवेदनका लागि ५६ करोड मागेको र नेपाल आफैंले २० करोड सम्ममा तयार गर्न सक्ने आँकलन गर्दै सेना आफैंले तयार गर्न लागेको समाचार स्रोत बताउछ ।

लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले २१ बैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

तर, भारतीय कम्पनीले आफ्नो डीपीआर किन्नु पर्ने शर्त राख्दा शेरबहादुर देउवा सरकारले भारतीय कम्पनीले बनाएका डीपीआर किन्ने निर्णय गर्दै अध्ययन गर्न सेनालाई भनेको थियो ।

अध्ययनका क्रममा डीपीआर पूर्ण नपाइएको र प्रस्तावित मूल्यमा भारतीय कम्पनी सहमत नभएपछि सेनाले आफैं बनाउने निर्णय लिएको जनाइएको छ ।