‘कम्बल’ बाँड्न लालबाबु तराई पुगे (फोटोफिचर)

‘कम्बल’ बाँड्न लालबाबु तराई पुगे (फोटोफिचर)


एमाले नेता लालबाबु पण्डित कम्बल बोकेर वितरणका लागि मोरङका विभिन्न क्षेत्रमा पुगेका छन् । शीतलहर र अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भइरहेका बेला न्यानो बाँड्न पण्डित तराई पुगेका हुन ।

यसक्रममा पण्डितले सोमबारमात्रै विराटनगर महानगरपालिका वडा नम्बर ६ र ९ तथा बुढीगंगा गाउँपालिका वडा नम्बर २ मा कम्बल वितरण गरेका छन्, भने यो क्रम आजपनि जारी छ ।

आज पण्डितले विराटनगर ११, १२ नम्बर वडामा समेत कम्मल वितरण गरेका छन् । न्यानो बाड्ने क्रम केही दिन सम्म रहने पण्डितको भनाई छ ।

पण्डित मोरङ–६ बाट भारी मतका साथ प्रतिनिधी सभाको चुनाव समेत जितेका थिए । अनेरास्वियुको व्यवस्थापन र आफ्नो पहलमा पण्डितले कम्मल संकलन गरेका थिए ।